सम्पादकीय

बागदरबार जोगाऊ

कार्तिक ६, २०७४
भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक बागदरबारलाई सबलीकरण (रेट्रोफिटिङ) गरेर जोगाउन सकिने प्राविधिकहरूको सुझावलाई बेवास्ता गर्दै त्यसलाई भत्काउन लागेको काठमाडौं महानगरपालिकाले आफ्नो निर्णय फिर्ता लिनुपर्छ । साढे दुई वर्षअघिको शक्तिशाली भूकम्पबाट क्षति पुगेको यो दरबारको मौलिकता रेट्रोफिटिङ गरेर जोगाउन सकिने पुरातत्त्व विभागले बताइरहेको छ ।
पूरा पढ्नुहोस्

तिहारको शुभकामना

कार्तिक ३, २०७४
तिहार सुरु भएको छ । त्रयोदशीकै दिनदेखि तिहार हुने भए पनि औंसीका दिन (यसपालि बिहीबार) बाट यसको रौनक बढ्छ । दसैं सकिएको दुई सातामा आउने चाड तिहार दसैंजत्तिकै उत्साह र उमंगका साथ मनाउने गरिन्छ ।
पूरा पढ्नुहोस्

चुनावी दृढता

कार्तिक २, २०७४
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारहरूको मनोनयन भइसक्दा पनि चुनावी सुनिश्चितताका विषयमा कतिपय कोणबाट संशय व्यक्त भइरहनु उचित होइन ।
पूरा पढ्नुहोस्

एनआरएन : साख जोगाउने चुनौती

कान्तिपुर संवाददाता , कार्तिक १, २०७४
गैरआवासीय नेपाली (एनआरएन) संगठनको काठमाडौंमा सम्पन्न पछिल्लो सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । तर, एनआरएन अभियान सुरु भएको १४ वर्ष बितिसक्दा पनि यसको साख जोगाउने चुनौती भने कायमै छ ।
पूरा पढ्नुहोस्

अध्यादेशबाट तत्काल विधेयक

आश्विन ३१, २०७४
चिकित्सा शिक्षा र सेवालाई गुणस्तरीय एवं तल्लो वर्गको पहुँचमा पुर्‍याउने विधेयक ल्याउनुपर्ने प्रमुख माग राखेर डा. गोविन्द केसीले १३ औं पटक आमरण अनशन बसेको १३ औं दिन भयो । विधेयक छलफलमा राख्दै/सूचीबाट हटाउँदै गर्दागर्दै संसद्को म्याद सकिएको छ ।
पूरा पढ्नुहोस्

ऐतिहासिक संसद्

आश्विन ३०, २०७४
नयाँ संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको छ । रूपान्तरित संसद्को म्याद प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म रहने संवैधानिक व्यवस्थाअनुसार शनिबार संसद् अन्त्य भएको हो ।
पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको स्वेच्छाचारिता

आश्विन २९, २०७४
प्रधानमन्त्री शेरबहादुर देउवाले आम विरोधका बाबजुद इतिहासकै सबभन्दा ठूलो सरकार बनाएर स्वेच्छाचारिता प्रदर्शन गरेका छन् । उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेर त्यसलाई ६४ सदस्यीय बनाउनु गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।
पूरा पढ्नुहोस्

राजनीतिमा अपराधीकरण

आश्विन २७, २०७४
कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निम्ति उम्मेदवार चयनदेखि भविष्यमा तिनलाई परिचालन गर्नेसम्म अधिकारसम्पन्न संसदीय समितिमा भ्रष्टाचारी प्रमाणित खुमबहादुर खड्कालाई राखेको छ ।
पूरा पढ्नुहोस्

स्वास्थ्य बिमाको सार्थकता

आश्विन २६, २०७४
व्यवस्थापिका संसद्ले स्वास्थ्य बिमासम्बन्धी विधेयक पारित गरेसँगै सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने अवस्था भएको छ । स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच कायम गराउने गरी कानुनी व्यवस्था गर्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।
पूरा पढ्नुहोस्

असुरक्षाको विस्तार

आश्विन २५, २०७४
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको राजधानीमा दिनदहाडै गोली हानी हत्या भएको घटनाले खासगरी व्यवसायीहरूमा असुरक्षाभाव पैदा गरेको छ । करिब तीन दशकदेखि निर्माण व्यवसायमा संलग्न गौचनको हत्या रकम असुलीसँग जोडिएको अनुमान गरिएको छ ।
पूरा पढ्नुहोस्

ईपीजीको औचित्य

आश्विन २४, २०७४
सन् १९५० को शान्ति तथा मैत्री सन्धिका साथै नेपाल–भारतबीचका सबै द्विपक्षीय सन्धि–सम्झौताका सम्बन्धमा सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) पाँचौं बैठकसम्म आइपुग्दा पनि यही नै गर्ने भन्ने ठोस निर्णयमा पुग्न सकेको छैन ।
पूरा पढ्नुहोस्