देश

महानगर जोगाउन केसलियामा बाँध

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
केसलियाखोलामा आएको बाढीले बूढीगंगा–२ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर भत्काएको छ । यहाँ जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन विराटनगरले मंगलबारदेखि बाँसको प्रकुपाइन राखेर नियन्त्रण थालेको छ ।
पूरा पढ्नुहोस्

जिससमा एमाले

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
जिसस प्रमुखमा एमालेका जितेन्द्रमान नेपाली निर्विरोध चुनिएका छन् । उपप्रमुखमा माओवादी केन्द्रका श्रीधर शर्मा पौडेल चुनिए ।
पूरा पढ्नुहोस्

पीडितलाई राहत

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
यहाँका बाढीपीडितलाई राहत वितरण गरिएको छ । विभिन्न सामाजिक संघसंस्थाले दाल, चामल र नुनलगायतका सामग्री वितरण गरेका हुन् ।
पूरा पढ्नुहोस्

९८ वर्षमा नागरिकता

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
सुनापति गाउँपालिका–३ हिलेदेवीकी गौरीमाया नेपालीले ९८ वर्षको उमेरमा नागरिकता पाएकी छन् । नागरिकता नहुँदा उनले सामाजिक सुरक्षा भत्ता पाएकी थिइनन् ।
पूरा पढ्नुहोस्

कुशको शव बनाएर दाहसंस्कार

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
माईखोलामा बगेर सोमबार बेपत्ता भएका इलाम नगरपालिका–७ का ३१ वर्षीय रोहन आचार्यको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।
पूरा पढ्नुहोस्

बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

अर्जुन राजवंशी, भाद्र १, २०७४
झापा गाउँपालिकाका बाढी प्रभावितहरूमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । शुक्रबार राति कन्काई र बिरिङखोलामा आएको बाढीले डुबानमा परेका तथा विस्थापित भएकाहरूमा ज्वरोको संक्रमण देखिएको हो ।
पूरा पढ्नुहोस्

एकको मृत्यु, १० बिरामी

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–४ राम्चेमा झाडापखाला र भाइरल ज्वरोको प्रकोप फैलिएको छ । भाइरल ज्वरोबाट एक बालकको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्

डुबेर दुईको मृत्यु

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
राप्ती नदीको डुबानमा परेको नरैनापुर गाउँपालिका–६ गंगापुर कुदेरबेटवा गाउँस्थित सिंगैया नालामा डुबेर आमाछोरीको मृत्यु भएको छ । अर्की छोरी बेपत्ता भएकी छन् ।
पूरा पढ्नुहोस्

थन्किए बस

कान्तिपुर संवाददाता , भाद्र १, २०७४
बैतडीका महेश जोशी सोमबार बिहान काँकडभिट्टाबाट हिँडे । ठाउँठाउँमा बाढी र पहिरोले सडक अवरुद्ध भएकाले यात्रा सुखद रहेन । कतै बसबाट त कतै हिँडेर बुधबार बिहान बुटवलसम्म पुगे ।
पूरा पढ्नुहोस्

दाउन्ने खुलाउँदै सुरक्षा टोली

नवीन पौडेल, भाद्र १, २०७४
पहिरो र सडक भासिएपछि अवरुद्ध दुम्किबास–दाउन्ने–बर्दघाट सडक खण्डको मर्मतमा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रशासनले मंगलबारदेखि बुधबार राति १० बजेसम्म यातायात बन्द गरेर मर्मत सुरु गरेको जनाएको छ ।
पूरा पढ्नुहोस्

राहत नपाउँदा निराश

अवधेशकुमार झा, भाद्र १, २०७४
कोसी बाँधनजिक पालमुनि आश्रय लिइरहेकी फुलियादेवी बुधबार बिहान राहत पाउने आशामा थिइन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री जनार्दन शर्मासहितको टोली आउने खबर पाएपछि उनले आफ्ना पीडा सुनाउने योजनासमेत बनाइन् ।
पूरा पढ्नुहोस्

पीडितले त्रिपालसम्म पाएनन्

भूषण यादव, लक्ष्मी साह, प्रताप विष्टभाद्र १, २०७४
रौतहटको, देवाही गोनाही गाउँपालिका–२ की ६२ वर्षीया छठिया देवी चार दिनयता चिउरा र दालमोठले धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् । उनको त घरसँगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिइरहेकी छन् ।
पूरा पढ्नुहोस्