फेसनको बजारमा हाकुपटासी

लीला श्रेष्ठ, मंसिर २२, २०७४

हाकुपटासी । नेवार ड्रेस । तर अचेल यो पहिरन एउटै समुदायमा मात्र सीमित छैन । फेसनको दुनियाँ पछ्याउँदै हाकुपटासी राजधानीको सीमा उछिनेर देश–विदेश पुगिसकेको छ । ड्रेस/फेसन डिजाइनरको रोजाइमा हाकुपटासी प्राथमिकतामै पर्न थालेको छ । चर्चित डिजाइनर प्रबल गुरुङले दुई वर्षअघि नै न्युयोर्क फेसन विकमा हाकुपटासीबाट प्रेरित भई गरेको डिजाइनलाई प्रस्तुत गरेका थिए ।

स्वदेशी डिजाइनरहरूले पनि अचेल हाकुपटासीलाई कुनै न कुनै नयाँ रूप दिएर बजारमा ल्याइरहेका छन् । यसलाई कुनै जात, समुदाय र भौगोलिक सीमाले छेकेको छैन । हङकङवासी गुरुङ, बेलायत पुगेका मगरदेखि अस्ट्रेलिया सरेका लिम्बूले पनि नेपालबाट हाकुपटासी र यसबाट प्रभावित भई तयार गरिएका पहिरन मगाइरहेका छन् ।
ठमेलका २६ वर्षीय प्रज्वल श्रेष्ठ उपत्यकाको पुरानो नेवारी परम्परामै हुर्किए । उनले लहरै हाकुपटासीमा सजिएकी आमा, दिदीबहिनीसँगै मठमन्दिर, पूजा, भोजमा सामेल हुँदै स्कुले जीवन पार गरे । एसएलसी गरेपछि उनमा हाकुपटासीलाई फेसनका रूपमा प्रयोग गरेर नेवारी संस्कृतिलाई उजागर गर्ने सोचाइ आयो । र, उनी हाकुपटासीलाई आधुनिक डिजाइनमा ढाल्दै पहिरन बनाउनतिर लागे ।
संंयोगले नेप्लिज फेसन होमले आयोजना गरेको सन् २००७ को मिस नेवा: मा प्रज्वलका तीन जना साथीहरू प्रतिस्पर्धामा उत्रिएका थिए । ती साथीहरूलाई प्रज्वलले पहिलोपल्ट हाकुपटासीलाई फ्युजन गरी नयाँ डिजाइनका रूपमा ड्रेस तयार गरिदिएका थिए । ‘आमाले लगाएर थोत्रिएको हाकुपटासीको न्यानोमा हुर्किएँ । त्यही हाकुपटासीलाई नयाँ फेसनमा ढाल्ने सोच बनाएँ । यस्ता ड्रेस मैले सोचेभन्दा बढी नै रुचाइयो,’ उनले भने ।


चौथो मिस नेवा: (२००८) मा ड्रेस डिजाइनका लागि प्रज्वललाई नै प्रस्ताव आयो । त्यसयता उनले हाकुपटासीलाई विभिन्न फेसनका रूपमा डिजाइन गरिरहेका छन् । ‘मैले डिजाइन गरेको प्रत्येक पोसाकमा हाकुपटासीलाई छोएकै छु,’ उनले भने, ‘गाउन, भन्टा ल:, कुर्ता, वान पिस, लेहेंगालगायत धेरै डिजाइनमा हाकुपटासीको प्रयोग गरेको छु ।’
लिच्छविकालदेखि नै हातले बुनेको हाकुपटासी नेवारी समुदायमा पनि विशेषगरी ज्यापू महिलाले लगाउने गरेको संस्कृतिकर्मीहरू बताउँछन् । ‘हाकुपटासीको प्रयोग कुन बेलादेखि कसरी भयो भन्ने यकिन छैन तर लिच्छविकालदेखि नै ज्यापू (नेवारी) समुदायका महिलाहरूको मुख्य पोसाक हाकुपटासी नै हो,’ संस्कृतिकर्मी ओम धौभडेलले भने, ‘कालो कपडा काम गर्दा फोहोर पनि नहुने सजिलो तथा छरितोका रूपमा नेवार महिलाले प्रयोग गर्दै आएका छन् ।’
‘हाकु’ को अर्थ कालो र ‘पटासी’ लाई फरिया वा साडी भन्ने गरिन्छ । हाकुपटासीलाई बाह्रैमास प्रयोग गर्न सकिनेसमेत धौभडेल बताउँछन् । हिउँदमा न्यानो र गर्मीमा पसिना सोस्ने कपडाका रूपमा हाकुपटासीलाई लिने गरिन्छ ।


लिच्छविकालदेखि नियमित पोसाकका रूपमा नेवारी समुदायमा पनि (किसान अर्थात् परिश्रम) गर्ने समुदायले मात्र प्रयोग गर्दै आएको हाकुपटासी एवं कालोमा रातो किनारा भएको फरिया मोडिफाई गरी फेसन बजारमा ल्याइएको डिजाइनर श्रेष्ठ बताउँछन् । ‘विभिन्न किसिमका डिजाइनकै कारण हाकुपटासी नेवार समुदायबाहिर पनि लोकप्रिय भएको हो,’ उनले भने ।
पछिल्लो समय हाकुपटासी नेवारी समुदायका लागि मात्र नभई राष्ट्रियता झल्किने पोसाकका रूपमा चलनमा आएको छ । ‘सुरुमा हाकुपटासी लगाउँदा ज्यापू भन्ने भ्रम पथ्र्यो, जुन तोडिएको छ,’ नेप्लिज फेसन होमका अध्यक्ष हेमा मानन्धर भन्छिन्, ‘हाल बजारमा हातले बुनेको हाकुपटासी मात्र नभई सिफनको साडीसमेत हाकुपटासीकै स्वरूपमा आएको छ ।’
कालो र रातो रङको कम्बिनेसनले पनि हाकुपटासी लोकप्रिय भइरहेको बताइन्छ किनभने पछिल्लोपल्ट बजारमा कालो–रातो रङका पहिरन चलेको छ । ‘विशेषगरी हाकुपटासी कालो र रातो रङको कम्बिनेसन नै हो,’ नायिका हिसिला महर्जनले भनिन्, ‘कालो र रातो रङ सबै मानिसलाई सुहाउँछ । त्यसैले पनि हाकुपटासीबाट बनाइएका डिजाइनले फेसनको बजार लिएको हो ।’ कालोमा फोहोर कमै देखिन्छ र रातो रङलाई सौभाग्यको प्रतीक मानिन्छ । त्यसैले यी दुई रङको नेवार समुदायमा विशेष महत्त्व छ ।
केही वर्षयता महिलाले मात्र हाकुपटासी प्रयोग गरेका छैनन्, पुरुषले समेत विवाह, व्रतबन्ध, विभिन्न चाडपर्वहरूमा हाकुपटासीको प्रयोगबाट बनेका विभिन्न खालका पहिरन प्रयोग गरिरहेका छन् । राजधानीमा भइरहने फेसन शोमा पनि हाकुपटासीमा सजिएका मोडलहरू क्याटवाक गरिरहेका देखिन्छन् । यस्तो शोहरूले पनि हाकुपटासीलाई लोकप्रिय बनाइरहेको छ । डिजाइनरहरू पनि हाकुपटासीलाई आधार बनाएर फेसन बजारमा प्रतिस्पर्धा गर्न नयाँ–नयाँ पहिरन बनाइरहेका हुन्छन् । यसले सितारा भर्ने, इम्ब्रोइडरी गर्नेलगायत घरेलु उद्योगलाई पनि प्रोत्साहन गरेको छ । 

 jyotishrestha9@gmail.com

पूरा पढ्नुहोस्

युट्युबमा पनि स्टोरिज

कान्तिपुर संवाददाता , मंसिर २२, २०७४

स्न्यापच्याटको स्टोरिज जस्तै फिचर राख्ने होड चलेको छ । फेसबुक, म्यासेन्जर, इन्स्टाग्रामसहित यसले लगभग सबै म्यासेजिङ एप र सोसल मिडियालाई छोइसकेको छ । अब युट्युबले पनि यस्तै खालको फिचर ल्याउने भएको छ । यसमा केही समानता देखिए पनि उस्तै भने हुने छैन ।
पूरा पढ्नुहोस्

गुगलको डाटाल्ली

कान्तिपुर संवाददाता , मंसिर २२, २०७४

गुगलले डाटाबाट इन्टरनेट चलाउने प्रयोगकर्ताका लागि डाटाल्ली एप सार्वजनिक गरेको छ । सामान्य खालको यस एपले प्रयोगकर्तालाई स्मार्टफोनका विभिन्न एपले कति डाटा खर्च गरिरहेका छन् भन्ने जानकारी दिनुका साथै डाटा व्यवस्थापनमा सहयोग गर्नेछ ।
पूरा पढ्नुहोस्

फ्रेमबिनाको फोन

कान्तिपुर संवाददाता , मंसिर २२, २०७४

अचेल लगभग बेजल लेस अर्थात् स्क्रिनको वरपर थोरै मात्र फ्रेम भएको स्मार्टफोनहरू बजारमा आएका छन् । तर, सामसुङले भर्खरै पाएको प्याटेन्ट राइट अनुसार उसको योजना फ्रेमबिनाको स्मार्टफोन रहेको छ ।
पूरा पढ्नुहोस्

ब्याटल अफ डीजे

कान्तिपुर संवाददाता , मंसिर २२, २०७४

बाहिरको मौसम निकै चिसिँदै थियो । बेलुकाको दस बज्न लागेको थियो । तोकिएभन्दा झन्डै तीन घण्टा ढिला क्लब डेजाभुको माहोल तात्न थाल्यो । कार्यक्रम थियो– ब्याटल अफ डीजे ।
पूरा पढ्नुहोस्

राजनीति चासो

विमल खतिवडा, मंसिर २२, २०७४

राजनीतिक दलले जुन क्षेत्रमा जस्तो जिम्मेवारी दिन्छ, त्यो पूरा गर्न पछि नहट्ने युवा पुस्ताको दाबी हुने गर्छ । अवसरको पर्खाइमा रहेका युवा जमात लगनशील भएर आफूले पाएको जिम्मेवारी निर्वाह गर्ने गर्छन् । अध्ययनमा सक्रियहरू पनि राजनीतिमा परिवर्तन खोज्दै अघि बढिरहेका छन् ।
पूरा पढ्नुहोस्

वेटर ‘एमी’

कान्तिपुर संवाददाता , मंसिर २२, २०७४

रेस्टुरेन्टमा ग्राहकका लागि सुविधा दिन वेटर राखिएका हुन्छन् । उनीहरूको काम हो– ग्राहकको चाहनाबमोजिम अर्डर लिने र त्यसलाई पुर्‍याइदिने । यस्तै कामका लागि सधैं मानिस नै चाहिन्छन् भन्ने पनि छैन ।
पूरा पढ्नुहोस्

बुबाकै पथ

कान्तिपुर संवाददाता , मंसिर २२, २०७४

सबै फुटबलरका सन्तान फुटबल नै खेल्छ भन्ने छैन । यदि खेल्ने नै भए पनि अभिभावक जस्तै उत्कृष्ट खेलाडी बन्छ भन्ने पनि छैन । उत्कृष्ट खेलाडीको सन्तान अभिभावककै स्तरमा पुग्न कठिन हुन्छ ।
पूरा पढ्नुहोस्

विरोध कि समर्थन ?

हिमेश, मंसिर २२, २०७४

जति बेला तिमी राम्री देखिन्छौतिम्रो अनुहारका पीडा देखिन्नजति बेला तिमी साँच्ची राम्री देखिन्छौत्यो तिमीलाई पनि थाहा हुन्न
पूरा पढ्नुहोस्