समाचार

विदेशीले लगाए भाइटीका

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
पर्यटकीय सहर पोखरामा विदेशी पर्यटकका लागि भाइटीका महोत्सवको आयोजना गरियो । लेकसाइडस्थित बटरफ्लाइ चाइल्ड केयर सेन्टरमा शनिबार गरिएको महोत्सवमा १३ देशका ३५ पर्यटक सहभागी थिए ।
पूरा पढ्नुहोस्

भारतबाट ६ युवतीको उद्धार

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
भारतीय बाटो हुँदै तेस्रो मुलुक लगिँदै गरेका ६ नेपाली युवतीको उद्धार गरिएको छ । उत्तराखण्डको रुद्रपुर पुर्‍याइएका युवतीलाई भारतीय प्रहरी, वनवासास्थित मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललगायत संस्थाको पहलमा उद्धार गरिएको हो ।
पूरा पढ्नुहोस्

बीपीका डेढ दर्जन कर्मचारीद्वारा राजीनामा

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विभिन्न विभागमा कार्यरत १७ कर्मचारीले राजीनामा दिएका छन् । अस्पताल प्रशासनलाई जानकारी नदिई विदेश पलायन भएका कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका हुन् ।
पूरा पढ्नुहोस्

‘क्याट्स’ को उच्च स्तरीय काउन्सिल

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
विश्व बाघ मञ्च (जीटीएफ) अन्तर्गतको कन्जरभेसन एसुअर्ड टाइगर स्टान्डर्ड (क्याट्स) ले बाघ पाइने सबै देशका बाघ संरक्षण गर्ने सरकारी निकायका प्रमुख सदस्य रहने गरी एक उच्चस्तरीय काउन्सिल बनाएको छ ।
पूरा पढ्नुहोस्

दुर्घटनामा २ को मृत्यु

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
बाँकेको बैजनाथ गाउँपालिकाको रंगिलाचोक नजिक शनिबार राति मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्

सेना प्रमुख अमेरिका भ्रमणमा

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
अमेरिकामा हुने विश्वका सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिका प्रस्थान गरेका छन् ।
पूरा पढ्नुहोस्

आउने भए चार स्काई ट्रक

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
नेपाली सेनालाई अमेरिकाले उपहारस्वरूप उपलब्ध गराउन लागेको चार ‘स्काई ट्रक’ केही महिनाभित्रै नेपाल आइपुग्ने भएको छ । चारमध्ये दुई सन् २०१७ भित्र र अन्य दुई २०१८ को मध्यसम्म आइपुग्ने उच्च स्रोतले बताएको छ ।
पूरा पढ्नुहोस्

तालमेलविपरीत माओवादीको स्वतन्त्र उम्मेदवारी

हरि गौतम, राजबहादुर शाहीकार्तिक ६, २०७४
माओवादी केन्द्रका स्थानीय नेताले पार्टी केन्द्रको निर्णय अस्वीकार गर्दै प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पूरा पढ्नुहोस्

कार्यदलले भन्यो– दुइटा मतपत्र छाप्न भ्याइन्न

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
मतपत्र छपाइबारे सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोगले बनाएको अध्ययन कार्यदलले समयको चाप रहेकाले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र छुट्टाछुट्टै छाप्न कठिन हुने सुझावसहितको प्रतिवेदन आइतबार बुझाएको छ ।
पूरा पढ्नुहोस्

उम्मेदवारी दर्ता रातिसम्मै

राजेश मिश्र, कार्तिक ६, २०७४
पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिए पनि दर्ताका लागि पुगेकाहरूको प्रक्रिया रातिसम्म चलेको थियो ।
पूरा पढ्नुहोस्

भिड्दै पूर्वसहयोद्धा

सुदीप कैनी, कार्तिक ६, २०७४
वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई कांग्रेससँग तालमेल गरेर अन्तत: गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । अब उनको प्रतिस्पर्धा पूर्व ‘सहयात्री’ नारायणकाजी श्रेष्ठसँग हुनेछ । श्रेष्ठ एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
पूरा पढ्नुहोस्

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको छ । डा. गोविन्द केसीको १३ आंै अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो ।
पूरा पढ्नुहोस्

केन्द्रमा ३२० र प्रदेशमा ४८२

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको ३७ सदस्यका लागि ३२० र प्रदेशसभाको ७४ सदस्यका लागि ४८२ जनाको उम्मेदवारी परेको छ ।
पूरा पढ्नुहोस्