सुरेशराज न्यौपाने का लेखहरु

चार वर्षअघिको संविधानसभा निर्वाचनमा विजयी कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार (राजन) केसी यसपालि पनि दोहोर्‍याउने सुरमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी भने एमालेका सुरेन्द्र मानन्धर र तेस्रोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थिए ।
पूरा पढ्नुहोस्
२१ मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं जिल्ला क्षेत्र नं. ९ मा चौध उम्मेदवार मैदानमा छन् । अधिकांश उम्मेदवारले मतदातासामु आफूलाई चिनाउनुपर्ने भए पनि कांग्रेसका ध्यानगोविन्द रञ्जित र एमालेका कृष्णगोपाल श्रेष्ठलाई भने समस्या छैन । यी दुई यस क्षेत्रमा पुराना प्रतिस्पर्धी हुन् ।
पूरा पढ्नुहोस्
वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भू स्तूपा, ऐतिहासिक काष्ठमण्डप, जीवित देवी कुमारी, शोभा भगवती, संस्कृति र परम्पराले समृद्ध नेवारी बस्ती सबै हिसाबले सम्पन्न छ— काठमाडौंको ८ नम्बर क्षेत्र ।
पूरा पढ्नुहोस्
विसं २०४६ सालमा प्रजातन्त्र पुन:स्थापनापछि करिब ३ दशकयताको राजनीति नियाल्ने हो भने ६१ वर्ष माथिका व्यक्ति नै मुलुकको निर्णायक तहमा देखिएका छन् । तिनैका वरिपरि मुलुकको राजनीति केन्द्रित छ । यतिबेला मुलुकले फेरि नेतृत्व चुन्ने मौका पाएको छ । फेरि पनि ६१ वर्ष माथिकै उमेर समूहमा राजनीतिको चाबी पुग्ने देखिन्छ । जबकि मतदाता भने ४१ वर्ष मुनिका युवा ५२ प्रतिशत छन् ।
पूरा पढ्नुहोस्
प्रतिव्यक्ति नेपालीले एक वर्षमा कति केजी चामलको भात खालान् ? कृषि मन्त्रालयको तथ्यांकले भन्छ, ‘औसत नेपालीले वर्षमा १ सय २२ केजी चामल खान्छन् ।’ मुख्य खाद्यबाली धानको देशको समग्र कृषि उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशत योगदान छ ।
पूरा पढ्नुहोस्
अमेरिकाको हावर्डबाट स्नातक र लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर सकेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेका सामु दुइटा विकल्प थिए । पहिलो, जागिरतिर लाग्ने । दोस्रो चाँडोभन्दा चाँडो पीएचडी पूरा गर्ने अनि मात्र करिअर बनाउने । वाग्लेले दोस्रो विकल्प रोजे ।
पूरा पढ्नुहोस्
सरकारले बालबालिकाको पोषण र महिलाहरूको स्वास्थ्यको स्थितिमा सुधार ल्याउँदै समग्र अर्थतन्त्रलाई गति दिने उद्देश्यसहित आउँदो १७ पुसदेखि दोस्रो बहुक्षेत्रीय पोषण योजना लागू गर्ने भएको छ ।
पूरा पढ्नुहोस्
राष्ट्रिय राजनीतिमा काँठ सधैं पछि परेको र आफ्ना ठाउँका मानिसले अवसरै नपाएको गफ काँठका पसलहरूमा यतिबेला जतै सुन्न पाइन्छ । ‘काँठ सधैंको बत्तीमुनिको अँध्यारो हो,’ सूर्यविनायक ४ भक्तपुरका कृष्णभक्त श्रेष्ठ भन्छन्, ‘राजधानीलाई काँठले तरकारीदेखि दूधसम्म खुवाउँछ तर विचार भने सधैं सहरबाट काँठ छिर्छ ।’
पूरा पढ्नुहोस्
कान्तिपथस्थित निर्वाचन कार्यालयको मुख्यालय सूचना केन्द्रको भुइँतला । एउटा छेउमा संग्रहालय ढाँचामा सिसाका बाकस । त्यसमा राखिएका छन् अहिलेसम्म प्रयोगमा ल्याइएका मतपेटिका ।
पूरा पढ्नुहोस्