विमल खतिवडा का लेखहरु

सौराहाका होटल तथा रेस्टुरेन्टमा नयाँ आचारसंहिता लागू हुने भएको छ । पर्यटकको सुविधालाई मध्यनजर गर्दै मंसिर ७ गतेबाट १६ बुँदे आचारसंहिता लागू गर्न लागिएको हो । विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा भएको बैठकमा नयाँ आचारसंहिता बनाएर लागू गर्ने र सौराहालाई व्यवस्थित बनाउने निर्णय भएको हो ।
पूरा पढ्नुहोस्
चितवनको खैरहनी नगरपालिका १२ स्थित कुमरोजकी बिमिता भण्डारीले सौराहामा नेचर गाइडका रूपमा काम गर्न थालेको ६ वर्ष भइसक्यो । २३ वर्षीय उनले चितवन राष्ट्रिय निकुञ्जबाट लाइसेन्स निकालेर नेचर गाइड थालेकी हुन् । पाहुनालाई जंगल–वाक र जिप सफारी गराउनु उनको काम हो ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभातर्फ जिल्लाका ३ वटै क्षेत्रमा ‘हेभिवेट’ उम्मेदवार बनेपछि सुरक्षा चुनौती बढेको छ । पूर्वप्रधानमन्त्री र मन्त्री नै उम्मेदवार बनेपछि सुरक्षा सतर्कता बढाइएको छ ।
पूरा पढ्नुहोस्
विकट गाउँमा भोट माग्न अझै उम्मेदवार पुग्न सकेका छैनन् । उम्मेदवार आउलान् अनि समस्याको पोको खोलेर मन हलुंगो बनाउँला भन्दै बसेकाहरू निराश छन् । बर्सेनि अनिकालको सामना गर्दै आएका गाउँलेहरू हचुवाका भरमा नगरपालिका घोषणा गरिएको भन्दै आक्रोशित छन् । राप्ती नगरपालिका १३, श्यामराङका बासिन्दाले बिनातयारी गरिएको नगरपालिका घोषणाले निराश छन् ।
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक खण्ड शनिबार बन्द हुने भएको छ । सेती दोभान नजिकको ठूलो चट्टानसहितको ढिस्को झार्न सडक बन्द गर्न लागिएको हो । सडक आयोजना कार्यालयले सूचना जारी गर्दै बिहान १० देखि साँझ ५ बजेसम्म बन्द रहने जनाएको छ ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको उम्मेदवारीसँगै चितवन ३ ले सबैको ध्यान खिचेको छ । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेससँग तालमेल गरेर छोरी रेणुलाई जिताएका दाहाल अहिले एमालेसँगको तालमेल (वाम गठबन्धन) बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा छन् ।
पूरा पढ्नुहोस्