विनोद पाण्डे का लेखहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्थापित बलर सन्दीप लामिछानेले सम्भवत: यू–१९ मा आफ्नो अन्तिम खेल शुक्रबार खेले । मलेसियामा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँगको सेमिफाइनल खेल सन्दीपको यू–१९ बाट अन्तिम पनि हुनसक्छ ।
पूरा पढ्नुहोस्
विनोद दासको कप्तानीमा नेपालले सन् २००२ को आईसीसी यू–१९ विश्वकपमा प्रतिस्पर्धा गरिरहेको थियो । दोस्रोपल्ट युवा विश्वकपमा खेलिरहेको नेपालले न्युजिल्यान्डमा टेस्ट खेल्ने पाकिस्तान र बंगलादेशलाई पराजित गरी स्तब्ध नतिजा निकाल्यो । यसले विश्व क्रिकेटको ध्यान नेपालतर्फ तानिएको थियो ।
पूरा पढ्नुहोस्
प्रशिक्षक श्यामसन जंग थापा र कप्तान रुबिना क्षेत्रीको भनाइ आधार मान्ने हो भने थाइल्यान्डमा हुने एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप छनोट जित्न नेपाल सक्षम छ । यथार्थ हेर्ने हो भने नेपाली महिला क्रिकेट टोलीको स्तर प्रशिक्षक र कप्तानले दाबी गरेभन्दा धेरै कमजोर छ ।
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफूहरूबीच भएको सहमति विपरीत विधान संशोधन गरिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) को आसन्न केन्द्रीय निर्वाचनमा सहभागिता जनाउनु अनुचित भएको स्पष्ट पारेको छ ।
पूरा पढ्नुहोस्
दीपेन्द्रसिंह ऐरीले गत वर्ष कोलेम्बोमा सानदार ९० रन बनाएका थिए । उनको प्रयासमा श्रीलंका यू–१९ ले छाडेको २ सय २८ रनको लक्ष्य नजिक पुगेको थियो नेपाली यू–१९ टोली । दुर्भाग्य नेपाल १ रनले पराजित भयो ।
पूरा पढ्नुहोस्
एउटा जितले भविष्यको गन्तव्य देखाउँछ, हारले धरातल । एउटा जितले टिमको शक्ति देखाउँछ, हारले कमजोर पक्ष उदाङ्ग पारिदिन्छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको निर्णायक मानिएको खेलमा हङकङसँग पराजित भएपछि नेपाली क्रिकेटले आफ्नो धरातल केही हदसम्म देखेको छ । कमजोरी उदाङ्गिएका छन् ।
पूरा पढ्नुहोस्
भारतको प्रो कबड्डी टेलिभिजन दर्शकका हिसाबले निकै सफल प्रतियोगितामा पर्छ । त्यही प्रो कबड्डी प्रत्यक्ष प्रसारणमा आउँदा एउटा नेपाली अनुहार सधैं बेन्चमा देखिन्थे । मैदानमा उत्रन नपाएका ती व्यक्ति सञ्जय श्रेष्ठ प्रो कबड्डीमा बेङलोरु बुल्स टोलीमा थिए ।
पूरा पढ्नुहोस्