लीला श्रेष्ठ का लेखहरु

मुलुकभर तिहारको उल्लास छाएको छ । प्रमुख सहरहरू उज्यालाले धपक्क छन् भने सर्वसाधारणले पनि आ–आफ्ना घर सजाएका छन् ।
पूरा पढ्नुहोस्
चाँगुनारायण नगरपालिका–९ ताथलीकी सुचिता वनमालालाई तीन महिनायता मखमली फूल गाँस्न भ्याइनभ्याई छ । विशेषगरी तिहारमा नभई नहुने मखमली फूल टिप्न र गाँस्न यतिखेर ताथली, गुण्डुलगायत क्षेत्रका कृषक व्यस्त छन् । मखमली फूलका लागि भक्तपुरको ताथलीर गुण्डु प्रसिद्ध छ ।
पूरा पढ्नुहोस्
२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भक्तपुरका मुख्यमुख्य सम्पदाहरूले पुनर्निर्माणको गति लिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत तथा अन्य मुख्य सम्पदाहरू स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुर र भक्तपुर नगरपालिकाले पुनर्निर्माणलाई गति दिएको हो ।
पूरा पढ्नुहोस्
भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीकी १२ वर्षीया सुमिना वनमालाको दिनचर्या करिब तीन महिनायता बद्लिएको छ । देवी मावि कक्षा ६ मा अध्ययनरत सुमिना विद्यालय जानुअघि बिहानभरि मखमली फूल टिप्छिन् । दिनभर विद्यालयमा पढ्न जान्छिन् ।
पूरा पढ्नुहोस्
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्स मध्यपुर थिमिको सम्बन्धन खारेज गरेको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सीटीईभीटीको बैठकले पटक–पटक आफ्नो नीति निर्देशनविपरीतका गतिविधि एवं विद्यार्थी भर्ना गरेको भन्दै सम्बन्धन खारेज गरेको हो ।
पूरा पढ्नुहोस्
मध्यपुर थिमी नगरपालिका दिगुटोलबाट २०७२ पुस २ गते राति १७ औं शताब्दीको ऐतिहासिक दिगु भैरव मन्दिरको मूर्ति चोरी भयो । मध्यपुर थिमीको मूल देवताका रूपमा पुजिँदै आएको दिगु भैरव अर्थात् चन्द्र भैरव मन्दिरको सुनको जलप लगाएको धातुको मूर्ति चोरी भएको दुई वर्षसम्म पनि फेला पर्न सकेको छैन ।
पूरा पढ्नुहोस्