राजेश मिश्र का लेखहरु

पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिए पनि दर्ताका लागि पुगेकाहरूको प्रक्रिया रातिसम्म चलेको थियो ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले आइतबार समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले बन्दसूची बुझाउन बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरे पनि राति अबेरसम्म दलहरू आवश्यक प्रक्रिया पूरा गर्न आयोग परिसरमा व्यस्त देखिएका थिए ।
पूरा पढ्नुहोस्
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारको खर्च सीमा निर्धारण गरेको छ । आयोग प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।
पूरा पढ्नुहोस्
प्रदेश र प्रतिनिधिसभाको मंसिर १० गते हुने पहिलो चरण चुनावका लागि निर्वाचन आयोगले असोज २९ भित्र सबै जिल्लामा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोल्ने भएको छ । आयोग प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार निर्वाचन अधिकृत छनोट भई आवश्यक तालिमसमेत दिइसकिएको छ ।
पूरा पढ्नुहोस्
समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा राजनीतिक दलहरूले सम्बन्धित व्यक्तिहरूको मञ्जुरीनामा समेत निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ । निर्वाचनसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्थामा गरिएको हो ।
पूरा पढ्नुहोस्
निर्वाचन आयोगले दसैं बिदालगत्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छाप्ने तयारी गरेको छ ।
पूरा पढ्नुहोस्