राजु घिसिङ का लेखहरु

साफ च्याम्पियनसिप (सन् २०१३) । दशरथ रंगशाला । रोहित चन्दको ‘पेनाल्टी मिस’ । गोलकिपर किरण चेम्जोङको गल्तीमा गोलसँगै सेमिफाइनलमा नेपालको हार । युद्धबाट फर्किएको अफगानिस्तान फाइनलमा भारतलाई हराएर पहिलोपल्ट साफ च्याम्पियन ।
पूरा पढ्नुहोस्
नेपाली राष्ट्रिय फुटबल टोलीका १५ औं कप्तान अनिल गुरुङ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदा मंगलबार निकै भावुक बने । १० वर्ष अन्तर्राष्ट्रिय फुटबल खेलेका उनले नेपाल–फिलिपिन्सको खेल सकिएलगत्तै मैदानलाई ढोगेका थिए ।
पूरा पढ्नुहोस्
नेपाली राष्ट्रिय फुटबल टोलीका १५ औं कप्तान हुन् अनिल गुरुङ । दुई वर्षअघि त्रिवेन्द्रम (भारत) मा भएको साफ च्याम्पियनसिपमा उनी कप्तान बनेका थिए । उनीसहित केही खेलाडीलाई आराम दिएर ढाका पुगेको नेपाली टिम बंगबन्धु गोल्डकपमा च्याम्पियन भयो ।
पूरा पढ्नुहोस्
ओमानी गोलकिपर अली अल–हब्सीले जर्मन महारथी बायर्न म्युनिखविरुद्ध यूईएफए कप (सन् २००७–०८) मा उत्कृष्ट प्रदर्शन गरेपछि खेल बराबरीमा टुंग्याएका थिए । त्यसबेला इंग्लिस प्रिमियर लिग क्लब बोल्टन वन्डर्समा रहेका सम्हालेका अल–हब्सी ओमानका पनि मुख्य गोलकिपर थिए ।
पूरा पढ्नुहोस्
महिनौं यात्रा गरेर दक्षिण अमेरिका पुगेर पनि खाली खुट्टा खेल्न नदिएपछि भारतले विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर गुमाएको तथ्य किंवदन्ती नै भइसकेको छ । ठूलो भूगोल र सवा अर्ब बढी जनसंख्या भएको भारतलाई अन्तर्राष्ट्रिय फुटबलमा ‘स्लिपिङ जायन्ट’ भनिन्छ ।
पूरा पढ्नुहोस्
भारतमा गत साता सम्पन्न फिफा यू–१७ विश्वकप धेरै किसिमले चर्चित बन्यो । उमेर समूहकै भए पनि पहिलोपल्ट दक्षिण एसियामा आयोजित विश्वकपमा दर्शकको कीर्तिमान बन्यो । स्पेनसँग युरोपियन च्याम्पियनसिपको फाइनलको बदला लिँदै इङल्यान्डले ऐतिहासिक सफलता हात पार्‍यो । आयोजनालाई लिएर भारतको फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) ले खुलेरै प्रशंसा गर्‍यो ।
पूरा पढ्नुहोस्