जनक नेपाल का लेखहरु

कर्णाली क्षेत्रका उच्च हिमाली मतदानस्थलमा हिउँ पर्न थालिसकेको छ । सदरमुकामबाट टाढाका स्थानमा मौसमी प्रतिकूलताले पनि हिँडेर जान सम्भव छैन । त्यसैले पहिलो चरणमा आइतबार चुनाव हुने प्रदेश ६ का ती जिल्लामा हेलिकप्टरकै भर गरिएको छ ।
पूरा पढ्नुहोस्
६ महिनाअघि स्थानीय निर्वाचनमा प्राप्त मत जोड्दा हुम्लामा एमाले–माओवादी गठबन्धन बलियो देखिन्छ । तर, माओवादी केन्द्रका नेता छक्कबहादुर लामाले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई चुनौती थपिएको छ । यसै कारण कांग्रेसले भने केही सहज महसुस गरेको छ ।
पूरा पढ्नुहोस्
जिल्लामा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार हस्तबहादुर मल्ल सिंगो कर्णालीमा प्रत्यक्षतर्फ सांसद दोहोर्‍याउने एक्ला नेता हुन् । उनी यसपटक आफ्नो जितलाई ‘हयाट्रिक’ बनाउन चाहन्छन् । त्यसका लागि उनले वाम गठबन्धनका बलिया उम्मेदवार एमालेका गोपाल बमलाई हराउनुपर्नेछ ।
पूरा पढ्नुहोस्
मानव विकास सूचकांकमा सबैभन्दा पछि परेका कर्णालीका पाँच जिल्ला समेटिएको प्रदेश ६ को विकासका लागि दलहरूले अहिलेसम्म प्रस्ट खाका अघि सारेका छैनन् । पहिलो चरणको चुनाव आइसक्दा पनि पार्टीहरूले प्रदेश घोषणापत्र ल्याउन सकेका छैनन् ।
पूरा पढ्नुहोस्
७९ वर्षीय नन्दकला ढकाललाई गोली लागेर रन्थनिँदै घर पुगेका प्रहरी छोरा महेशको झल्झली सम्झना आइरहन्छ । छोरालाई बचाउन उनले धानको भकारीमा लुकाएकी थिइन् । तर, खोज्दै आएका माओवादी लडाकुले त्यहीं गोली हानी हत्या गरे ।
पूरा पढ्नुहोस्
वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका माओवादी केन्द्रका गजेन्द्रबहादुर महत ‘कार्मा’ र प्रदेशसभा ‘ख’ सदस्य उम्मेदवार एमालेका पदमबहादुर रोकाय २०७० को संविधानसभा निर्वाचनका प्रत्याशी हुन् । कांग्रेसका ललितजंग शाहीले चुनाव जित्दा एमालेका रोकाय निकटतम प्रतिद्वन्द्वी थिए भने माओवादी केन्द्रका महत तेस्रो भए ।
पूरा पढ्नुहोस्