जनकराज सापकोटा का लेखहरु

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सुरक्षा अहिलेको मुख्य चुनौती भएको भन्दै त्यसलाई चिर्न सुरक्षा निकायहरूलाई कडा निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश ३ स्तरीय सुरक्षा गोष्ठीमा गृहको समेत कार्यभार सम्हालेका देउवाले सुरक्षा निकायका प्रमुखहरू र उच्च अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।
पूरा पढ्नुहोस्
उम्मेदवार लक्षित विस्फोटका घटनाले शुक्रबार पनि निरन्तरता पायो । शुक्रबार मात्रै बिहान साढे १० र पौने १२ बजे दुई फरक–फरक स्थानमा बम विस्फोटका घटना भए । नुवाकोटमा कांग्रेसका नेता रामशरण महतको प्रचारमा खटिएका कार्यकर्ता चढेको गाडी माइन विस्फोटनमा पर्‍यो ।
पूरा पढ्नुहोस्
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए ।
पूरा पढ्नुहोस्
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई ठमेलबाट पक्राउ गरेको छ । उनी एटीएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रूपमा चोर्न प्रयोग हुने कार्ड स्किमर मेसिनसहित पक्राउ परेका हुन् ।
पूरा पढ्नुहोस्
देशनिकाला गरिएको व्यक्ति फेरि देश फर्केको भन्दै इरानी नागरिक हमिद रेजामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ । चैत २८ गते नेपाल आएका इरानी नागरिक हमिदमाथि ओभरस्टे, नक्कली पासपोर्ट, नेपालको कानुन उल्लंघन गरेको भन्दै गृह मन्त्रालयले ५ भदौमा पाँच वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।
पूरा पढ्नुहोस्
नेपाली समाजमा प्रचलित आहान छ, ‘१२ वर्षमा खोला पनि फर्कन्छ ।’ के देशको राजनीतिक सन्दर्भमा पनि यो आहान लागू हुन्छ ? २०६४ मा पहिलो संविधानसभा निर्वाचन भययता देशले दशक लामो समय पार गरिसकेको छ र दस फरक–फरक सरकार भोगिसकेको छ ।
पूरा पढ्नुहोस्