गणेश राई का लेखहरु

चुनाव आयो

गणेश राई, मंसिर ३, २०७४
यो वर्ष देशैभरि चरणबद्ध रूपमा निर्वाचन हुँदै छ । गएको वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा चुनाव भयो । त्यो ७ सय ५३ स्थानीय तहको चुनाव थियो । स्थानीय तह भनेको गाउँपालिका र नगरपालिका (महानगरपालिका, उपमहानगरपालिकासमेत) हो ।
पूरा पढ्नुहोस्
बेलायती सरकारले सन् २००४ मा अवकाशप्राप्त गोर्खा सैनिकका परिवारलाई आवासीय भिसा दिने घोषणा गरेयता नेपालीहरूको बसाइँसराइले तीव्रता पायो । भूतपूर्व गोर्खा सैनिक तथा मानवशास्त्री डा. चन्द्र लक्सम्बाका अनुसार, त्यो सुविधाले लाहुरेहरुका सन्तानको बेलायती उच्च शिक्षामा पहुँच बढायो । त्यसले अरु नेपालीलाई पनि यसतर्फ आकर्षित गर्‍यो ।
पूरा पढ्नुहोस्

बेलायतमा नेपाली

गणेश राई, कार्तिक २५, २०७४
देश हेर्ने र मुख फेर्ने क्रममा बेलायत टेक्ने मौका जुर्‍यो । त्यो साइत जुराउने काम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको दोस्रो सम्मेलनले गर्‍यो । अगस्टको अन्तिम साता बेलायतमा आयोजित नेपाली मेला पनि हेरियो । सहभागी हुँदा नेपालमै छु जस्तो लाग्ने तर भौतिक संरचना र दैनिक जनजीवनले फरकपन महसुस गराउने रहेछ ।
पूरा पढ्नुहोस्
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालयमा दैनिक आठ सय जति पाठकको आउजाउ हुन्छ । अधिकांश त्यहीं बसेर पढ्ने विद्यार्थी हुन् भने केही भने आईएसबीएन नम्बर लिन जान्छन् ।
पूरा पढ्नुहोस्
शिक्षा ऐन आठौं संशोधनले कक्षा १२ सम्म सञ्चालन अधिकार स्थानीय तहमा रहने किटान गरेको छ । तर स्थानीय तहले जनप्रतिनिधि पाएको ६ महिना पुग्न लाग्दा पनि शिक्षाको नयाँ संरचनाबारे छलफल हुन सकेको छैन ।
पूरा पढ्नुहोस्

जनजातिको तिहार

गणेश राई, आश्विन ३१, २०७४
बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालको मुख्य चाड पर्वमध्येकै हो तिहार । मुलुकमा १२५ जातजाति छन्, तीमध्ये सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजाति छन् । एउटै नामबाट चिनिने चाडपर्वलाई हरेक जात, जाति र समुदायले आ–आफ्नै मूल्य मान्यता र तरिकाले मनाउने गर्छन् ।
पूरा पढ्नुहोस्