कृष्ण थापा का लेखहरु

पञ्चायतदेखि राजनीति गरेर पटक–पटक मन्त्री भएका कांग्रेसका अर्जुननरसिंह केसी र २०५४ को स्थानीय निर्वाचनपछि क्रियाशील वाम गठबन्धनका नारायणप्रसाद खतिवडाको प्रतिस्पर्धाले नुवाकोट २ को चुनाव रोचक बनेको छ । आ–आफ्नो विरासत जोगाउने होडमा रहेका दुवै नेता यतिबेला घरदैलो र चुनावी सभामा सरिक भइरहेका छन् ।
पूरा पढ्नुहोस्
निर्वाचन प्रचारमा रहेका नुवाकोट १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिका ५ डाँडागाउँमा शुक्रबार माइन बम विस्फोट गराइएको छ । घटनामा ६ जना घाइते भएका छन् । ककनी ७ चतुरालेमा आयोजित चुनावी कार्यक्रममा जाँदै गरेका नेता महत र सोही क्षेत्रको प्रदेश ‘ख’ का उम्मेदवार रमेश महत चढेका दुई गाडी अगाडि बढ्नेबित्तिकै गराइएको विस्फोटमा तेस्रो गाडी परेको थियो ।
पूरा पढ्नुहोस्
त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना तोकिएको समयअघि नै सम्पन्न गर्न उच्चस्तरीय टोलीले निर्देशन दिएको छ । नुवाकोटमा निर्माणाधीन ६० मेगाबाटको उक्त आयोजनालाई समय छोटयाउन ऊर्जा मन्त्रालय र नेपाल प्राधिकरणले निर्देशन दिएका हुन् ।
पूरा पढ्नुहोस्
किस्पाङ गाउँपालिका सिम्लेमा निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ टनेलको ब्रेकथु्र भएको छ । असोज पहिलो साता ब्रेकथु्र भए पनि आधिकारीक रुपमा गत सातादेखि आवतजावत हुनेगरी टनेल बनेको आयोजनाले जनाएको छ ।
पूरा पढ्नुहोस्
राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ सडकको कामले तीव्रता पाएको छ । रसुवागढी नाकासँग जोड्ने दुई लेनको यो सडक निर्माणको काम तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ ।
पूरा पढ्नुहोस्
माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड मुख्य प्रवद्र्धकका रूपमा आयोजना निर्माण हुन लागेको हो ।
पूरा पढ्नुहोस्