कृष्ण ज्ञवाली का लेखहरु

तत्कालीन जिल्ला विकास समिति, बाराका इन्जिनियर मेघु जयसवाल पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोस्रोपटक भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा जयसवाललाई ९१ लाख ७४ हजार रुपैयाँ गैरकानुनी आर्जनमार्फत भ्रष्टाचार गरेको ठहर गर्दै ३ महिना कैद फैसला सुनाएको छ ।
पूरा पढ्नुहोस्
डेढ वर्षअघि सर्वोच्च अदालतमा नियुक्त भएका ११ न्यायाधीश हटाउने खेल फेरि सुरु भएको छ । तीन साताअघि नाटकीय रूपमा दर्ता गर्न खोजिएको रिट निवेदन सर्वोच्च प्रशासनले खारेज (दरपीठ) गरेकामा त्यसविरुद्ध फेरि अर्को निवेदन परेको हो ।
पूरा पढ्नुहोस्
सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको आरोप लागेका सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन् । अदालतले उनलाई सफाइ त दियो नै, साथै आम्दानीको तुलनामा खर्च कम भएको भन्दै उनको ७४ लाख रुपैयाँ बचत हुनुपर्ने फैसलासमेत गर्‍यो ।
पूरा पढ्नुहोस्
सर्वोच्च अदालतले न्युरोडस्थित विशाल बजारको सटर भाडामा भ्रष्टाचार भएको ठहर्‍याएको छ । विशाल बजार कम्पनी सञ्चालक समितिका तत्कालीन अध्यक्ष रवीन्द्र श्रेष्ठसहित उनका भाइ देवेन्द्रलाल श्रेष्ठ र निजी सचिव रमेशमान श्रेष्ठले सटर भाडाका क्रममा भ्रष्टाचार गरेको गत जेठमा भएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।
पूरा पढ्नुहोस्
उपचारमा लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीको दायरामा ल्याउन स्वास्थ्य मन्त्रालयलाई कानुन तर्जुमा गर्न निर्देशन दिने भनी मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति आपत्ति जनाउँदै चिकित्सकहरूले आन्दोलन सुरु गरेको ५ दिन भइसकेको छ ।
पूरा पढ्नुहोस्
मेडिकल कलेजका सञ्चालकहरूको प्रभाव र दबाबमा प्रस्तावित चिकित्सा शिक्षा विधेयकलाई झनै कमजोर बनाउने गरी संसद्मा प्रतिवेदन पेस भएको छ । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले तयार पारेको प्रतिवेदनमा विधेयकका राम्रा व्यवस्थासमेत हटाएर कलेज सञ्चालकलाई सहज हुने गरी कानुन बनाउन सुझाइएको छ ।
पूरा पढ्नुहोस्