कान्तिपुर संवाददाता का लेखहरु

नेपाली लोकबाजा संग्रहालय र सांस्कृतिक संस्थानले बुधबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा सातौँ अन्तर्राष्ट्रिय लोक संगीत फिल्म फेस्टिभल गर्दै छन् । ‘जीवनका लागि संगीत र बाँच्नका लागि संगीत’ सन्देशसहित चार दिनसम्म चल्ने फेस्टिभलमा लोकसंगीत र जीवनशैली सम्बन्धित १७ देशका ३२ फिल्म देखाइने बताइएको छ ।
पूरा पढ्नुहोस्
लाइभ पर्फमेन्समा गायक मनोजराजलाई सुन्नुजति आनन्द सायदै अरू हुन्छ । गजलका पारखीहरूले मंगलबार पनि यस्तै अनुभूति गर्न पाएका छन् ।
पूरा पढ्नुहोस्
सिस्नोपानी नेपाल र साहित्य संगम मकवानपुरले हास्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरेको भैरव अर्याल स्मृति पुरस्कार धुर्मुस–सुन्तली फाउन्डेसनलाई प्रदान गर्ने भएको छ ।
पूरा पढ्नुहोस्
साहित्य संगम चितवनले यस वर्षको मदनमोहन जोशी पुरस्कार साहित्यकार नमुना शर्मालाई प्रदान गरेको छ । साहित्य संगमका संस्थापक अध्यक्ष स्वर्गीय मदनमोहन जोशीको नाममा स्थापित उक्त पुरस्कार शनिबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो ।
पूरा पढ्नुहोस्
भयवाद अध्ययन केन्द्रले सार्क कल्चरल सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्रप्रसाद गुरागाईंलाई यो वर्षको ‘भयवाद तिलमती पुरस्कार’ प्रदान गरेको छ । विराटनगरस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा आइतबार आयोजित समारोहमा भयवाद अध्ययन केन्द्रका अध्यक्ष प्राडा. टंक न्यौपानेले १५ हजार राशि रहेको पुरस्कार प्रदान गरे ।
पूरा पढ्नुहोस्
‘मिस लिम्बू–२०१७’ को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सोमबार साँझ अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् । अविशाले ताजसँगै एक लाख पाएकी छन् । उनलाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिराएदिइन् ।
पूरा पढ्नुहोस्
देशको प्रतिनिधित्व गर्दै पहिलोपटक मिस युनिभर्सको प्रतिस्पर्धामा भिडिरहेकी नगमा श्रेष्ठले आफूलाई भोट गर्न देशवासीलाई आग्रह गरेकी छन् । यति बेला प्रतिस्पर्धाका विभिन्न राउन्डको तयारीमा रहेकी नगमाले लास भेगासबाटै विज्ञप्ति जारी गर्दै भोटको अपिल गरेकी हुन् ।
पूरा पढ्नुहोस्
‘बुद्ध नेपालमा जन्मिएको’ भन्दै मुलुक भित्र र बाहिर थुप्रै अभियान भएका छन् । ‘बुद्ध वाज बोर्न इन नेपाल’ शीर्षकमा फिल्मसमेत बनिसकेको छ । मुलुकका थुप्रै समुदाय बौद्धमार्गी छन्, उनीहरू बौद्ध दर्शनमा आस्था पनि राख्छन् । तर, बुद्धले ज्ञान पारमिताको रूपमा खासमा के भनेका थिए ?
पूरा पढ्नुहोस्
मंगलबार सेयर कारोबार मापक नेप्सेमा ३.०८ अंकले सुधार भएको छ । अघिल्ला ४ कारोबार दिन लगातार रूपमा घटेको नेप्से मंगलबार सुधारिएको हो । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से करिब ०.२१ प्रतिशतले बढेर १ हजार ४ सय ७२.२४ विन्दुमा उक्लिएको हो ।
पूरा पढ्नुहोस्
नेपाल बंगलादेश बैंकको तेइसौं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष ०७३/७४ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ ।
पूरा पढ्नुहोस्
वल्र्डलिंकले आफ्ना ग्राहकहरूका लागि ‘एक कान दुई कान’ अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले आफ्ना साथीभाइ या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्ने सल्लाह दिएबापत तीन महिना नि:शुल्क इन्टरनेट र नेटटीभीबाटै टीभी हेर्न तथा स्मार्टफोनसमेत पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।
पूरा पढ्नुहोस्
राजधानीको भृकुटीमण्डपमा आयोजित १५ औं हस्तकला व्यापार मेला तथा १३ औं हस्तकला प्रतियोगिता मंगलबार सकिएको छ । नेपाल हस्तकला महासंघले सञ्चालन गरेको पाँचदिने उक्त मेलामा करिब ८ करोड ५० हजार बराबरको आर्थिक कारोबार भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
पूरा पढ्नुहोस्
डीएपी मलको माग अत्यधिक बढेको बेला कृषि सामग्री कम्पनी र साल्ट ट्ेरडिङ कर्पोरेसनको मल वीरगन्ज आइपुगेको छ । कोलकाता बन्दरगाहबाट कम्पनी र कर्पोरेसनको गरी २ हजार ५ सय टन डीएपी मल बोकेर हिँडेको एउटा रेल्वे र्‍याक सोमबार यहाँस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो ।
पूरा पढ्नुहोस्
पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ६६ मतदान केन्द्रमा ४ सय ३० कर्मचारी परिचालन गरिएको छ ।
पूरा पढ्नुहोस्
निर्वाचन गतिविधिमा बाधा पुर्‍याउँदै आएको भन्दै प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको खोजीलाई तीव्रता दिएको छ । स्थानीय प्रशासनले नेत्रविक्रम चन्द नेतृत्वको शंकास्पद स्थानमा प्रहरी परिचालन गरी पार्टी कार्यकर्तालाई नियन्त्रणमा लिन थालेको हो ।
पूरा पढ्नुहोस्
सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐनको सरकारी कार्यालयमा कार्यान्वयन अवस्थाबारे मोरङस्थित सरकारी कार्यालयमा मंगलबार अनुगमन गरेको छ ।
पूरा पढ्नुहोस्
स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रदान गर्नका लागि स्वच्छता कार्यक्रम सुरु गरिएको छ । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकास गर्न, स्थानीयलाई स्वच्छ पिउने पानीको पहुँच पुर्‍याउन, शौचालय सुधार र व्यवस्थापन गर्न तथा स्वास्थ्य संस्थामा प्रयोग भएका उपकरणको निर्मलीकरण व्यवस्थापनका लागि कार्यक्रम सुरु गरिएको हो ।
पूरा पढ्नुहोस्
किसानलाई चुनावी चटारोभन्दा खेतमा रासायनिक मल अभावले पिरोलेको छ । धान भित्र्याएपछि खेतमा लगाएको आलु, तरकारी, मसुरो, तोरी, गहुँमा चाहिने रासायनिक मलको हाहाकार मञ्चिएको छ ।
पूरा पढ्नुहोस्
नौमुले गाउँपालिकाका मतदाताले विद्युत् र सञ्चारलाई आफ्नो मुख्य मुद्दा बनाएका छन् । गाउँपालिकाका ६ वटै वडामा विद्युत् र सञ्चारको राम्रो सुविधा छैन । दलहरू यसलाई आफ्नो एजेन्डामा समावेश गरेका छन् तर स्थानीयले आशावादी नभएको बताए ।
पूरा पढ्नुहोस्
निर्वाचनको संघारमा जिल्लामा हजार र पाँच सय दरका नक्कली नोट फेला पर्न थालेपछि बैंकहरूका कर्मचारी र प्रहरी सतर्क भएका छन् । उम्मेदवारहरूले मतदाता प्रभावित पार्न पैसा बाँड्ने गरेको चर्चासँगै नक्क्ली नोट फेला पर्न थालेपछि सदरमुकाम बेनीका बैंक तथा सहकारीहरू सतर्क भएका हुन् ।
पूरा पढ्नुहोस्
विराटनगरस्थित दुग्ध वितरण परियोजनाले प्रदूषण बढाएको भन्दै आसपासका बासिन्दाले गुनासो गरेका छन् । २४ सै घण्टा धुवाँ र खरानी उडेर वरपर फैलिने गरेकाले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको स्थानीयको भनाइ छ ।
पूरा पढ्नुहोस्
मुख्य प्रतिस्पर्धामा देखिएका लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारले चुनावी सभालाई दोहोर्‍याउन थालेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा संखुवासभाका उम्मेदवार मतदातासमक्ष पुन: जान थालेका हुन् ।
पूरा पढ्नुहोस्
गम्छाले घाँटी कसेर साथीको हत्या गरी नाटकीय शैलीमा शव फालेको आरोपमा दुई युवा पक्राउ परेका छन् । हत्या गरी शव लुकाएको आरोपमा पक्राउ परेका ती युवालाई जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्
सीमान्तकृत अल्पसंख्यक आठपहरिया समुदायले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा विकासप्रेमी उम्मेदवारलाई भोट दिने बताएका छन् ।
पूरा पढ्नुहोस्
ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीका सञ्जीवकुमारप्रसाद साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार साहले विदेश पठाइदिने भन्दै नखिपोटका भीमकुमार माबोबाट २ लाख, हरिसिद्धिका सुरेन्द्र नेम्बाङबाट २ लाख ५६ हजार, काठमाडौं बौद्धका धनलक्ष्मी थापाबाट २ लाख ५६ हजार र लालबहादुर लिम्बुबाट २० हजार रुपैयाँ ठगी गरेका थिए । ग्वार्कोबाट पक्राउ परेका उनको साथबाट २ लाख ७ हजार नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
महानगरीय अपराध महाशाखाले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाउने काममा संग्लनसहित आठ जनालाई पक्राउ गरेको छ ।
पूरा पढ्नुहोस्
नख्खु कारागारका कैदीबन्दीले आसन्न निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न दिन माग गरेका छन् । कैदीबन्दीहरूले मंगलबार नख्खु कारागारका जेलरसँग माग राखेका हुन् । नख्खु कारागारमा ७ सय ७४ कैदीबन्दी छन् ।
पूरा पढ्नुहोस्
सूचना र प्रविधिको विकाससँगै इन्टरनेटको माध्यमबाट बालबालिकामाथि अनलाइन यौन दुव्र्यवहार बढेको छ । भक्तपुरकी १४ वर्षीया एक बालिकाले भर्खरै फेसबुक चलाउन सिकेकी छन् । फेसबुकमा जोडिएका पुरुष साथीबाट आफूलाई अश्लील भिडियोहरू आउने गरेको उनले सुनाइन् ।
पूरा पढ्नुहोस्
पारामाउन्ट एकेडेमीले फुटबलका पूर्व खेलाडी प्रज्ज्वलप्रताप क्षेत्रीलाई मंगलबार सम्मान गरेको छ । एन्फा एकेडेमी पहिलो ब्याचका प्रज्ज्वललाई एएफसी ‘ए’ लाइसेन्स प्राप्त गर्न सफल भएकामा सम्मान गरेको हो ।
पूरा पढ्नुहोस्
प्राइम र सीसीआरसीले १६ औं ज्ञान निकेतन कप बास्केटबलको प्लस टु ब्वाइजतर्फ जित पाएका छन् । मंगलबार प्राइमले आयोजक ज्ञान निकेतनलाई ५०–३० स्कोरले हरायो ।
पूरा पढ्नुहोस्
एघारौं एलए कप खेलकुदमा नेसनल कलेज र जेभियर कलेज मंगलबार च्याम्पियन बनेका छन् । नेसनल ब्वाइज फुटबलमा पहिलो भयो । जेभियरले बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा सफलता पायो ।
पूरा पढ्नुहोस्
नेपाल एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप छनोटमा लगातार दोस्रो खेलमा अंक बाँड्न बाध्य भएको छ । नेपालको मंगलबार हुने भनिएको हङकङसँगको खेल वर्षाले १ बल पनि फाल्न नदिई रद्द भएको छ । नेपालले सोमबार आयोजक थाइल्यान्डसँग पनि १ अंकमै चित्त बुझाएको थियो ।
पूरा पढ्नुहोस्
पश्चिमाञ्चलका अभिषेक बाँस्तोला र नेपाल पुलिस क्लबकी मायांका राणा अपराजित रहँदै १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको सिंगलमा च्याम्पियन बनेका छन् ।
पूरा पढ्नुहोस्
आयोजक त्रिभुवन आर्मी क्लब र डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ क्लब) प्रधानसेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनल पुगेका छन् । मंगलबार पहिलो सेमिफाइनलमा आर्मीले मध्यमाञ्चललाई ३–१ ले पराजित गर्दै पछिल्लो संस्करणको बदला लियो ।
पूरा पढ्नुहोस्
कक्षा ११ र १२ पढ्ने विद्यार्थीलक्षित गर्दै राजधानीको रोजबड स्कुलले दोस्रो उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता गर्ने भएको छ । मंसिर ७ देखि १७ सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ ।
पूरा पढ्नुहोस्
कोकाकोला अन्तरस्कुल राष्ट्रिय फुटबल प्रतियोगिताको छात्रातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । दुर्गा मावि रौतहटले ब्राइट फ्युचर स्कुललाई ७–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो । उसको जितमा रश्मीकुमारी घिसिङ एक्लैले ५ गोल गरेकी थिइन् । थप दुई गोल निकिता थोकर र सविता रानामगरले गरे ।
पूरा पढ्नुहोस्
प्रथम प्रदेशस्तरीय दृष्टिविहीन महिला क्रिकेटमा मंगलबार ३ नम्बर प्रदेशले ५ नम्बरलाई ४४ रन तथा ४ र १ नम्बरको संयुक्त टिमले प्रदेश नम्बर ७ लाई ६ विकेटले हराए ।
पूरा पढ्नुहोस्
मनाङ मस्र्याङ्दी क्लब झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकप फुटबलको फाइनल पुगेको छ । मनाङले मंगलबार दोस्रो सेमिफाइनलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई २–१ ले हरायो । उपाधिका लागि मनाङले बिहीबार त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
पूरा पढ्नुहोस्
हिमालयन शेर्पा क्लबले प्रथम चन्द्रागिरि गोल्डकप फुटबलको उपाधि जितेको छ । नैकापस्थित चन्द्रागिरि नगरपालिकाको मैदानमा मंगलबार भएको फाइनलमा हिमालयनले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै उपाधि जित्यो ।
पूरा पढ्नुहोस्
जिल्लाको क्षेत्र २ को प्रदेशसभा ‘ख’ मा उम्मेदवारको मनोनयनपत्र दर्तादेखि निर्वाचनका सबै कार्यक्रम एकैदिन सक्ने गरी तालिका सार्वजनिक गरिएको छ । राप्रपा उम्मेदवार मणिराम विष्टको ह्दयाघातका कारण शनिबार मृत्यु भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो ।
पूरा पढ्नुहोस्
सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ लालीगुराँस चोकस्थित घरमा सोमबार मध्यराति बम विस्फोट भएको छ ।
पूरा पढ्नुहोस्
पूर्वनिर्धारित कार्यक्रममा स्थानीय प्रशासनले रोक लगाएपछि वाम गठबन्धनले मंगलबार जिल्ला सदरमुकामलगायत जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ । प्रशासनले बेथानलाई निषेधित क्षेत्र घोषणा गर्दै चुनावी कार्यक्रममा रोक लगाएको थियो ।
पूरा पढ्नुहोस्
जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । वाम गठबन्धनबाट बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेत र लोकतान्त्रिकतर्फ कांग्रेसका पूर्वशिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाह उम्मेदवार छन् ।
पूरा पढ्नुहोस्
पश्चिम नेपालको सल्यान बनगाड कुपिण्डे नगरपालिका–६ की ४७ वर्षीया लालमती बुढाथोकी असिनापसिना गरेर ढुंगा ओसार्दैछिन् । क्व्होलासोंथर–३ घलेगाउँको भ्युटावर जानलाई सिँढी बनाउन उनले ढुंगा बोकेकी हुन् ।
पूरा पढ्नुहोस्
पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाल–भारत सीमा ७२ घण्टा बन्द गरिने भएको छ ।
पूरा पढ्नुहोस्
हिमाली जिल्लाहरूमा प्रतिनिधि तथा प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ती जिल्लाका दुर्गममा रहेका मतदान केन्द्रहरूमा मंगलबारदेखि कर्मचारी जान थालेका हुन् । सदरमुकामबाट निर्वाचन सामग्री बोकेर मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र सुरक्षाकर्मीको टोली केन्द्रतर्फ हिँडेको छ ।
पूरा पढ्नुहोस्
अलिअलि गर्दै हल भरियो । स्वागतमा उभिएकी थिइन् एक चिनियाँ युवती । ‘निहाऊ !’ एकले अर्कालाई अभिवादन चिनियाँ भाषामै गरे र थप कुराकानी पनि चिनियाँ लवजमै सुनिन थाल्यो ।
पूरा पढ्नुहोस्
नेपालस्थित बेलायती दूतावासले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार, सुरक्षा निकाय तथा सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
पूरा पढ्नुहोस्
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै उनीहरूको सरुवा गरिएको हो ।
पूरा पढ्नुहोस्
तेस्रो मधेस आन्दोलनमा वीरगन्जको सीमावर्ती मैत्री पुलमा ६ महिनासम्म धर्ना दिनेमध्ये एक युवक थिए– १३ वर्षीय अजय गिरी । आफ्नो नाम पछाडि ‘क्रान्तिकारी’ झुन्ड्याएका उनी अहिले १५ वर्षका भए, बाराको कलैयास्थित एउटा होटलमा सहयोगीको काम गर्छन् ।
पूरा पढ्नुहोस्
निर्वाचनविरोधी हिंसात्मक घटना दिनदिनै हुन थालेपछि निर्वाचन आयोगले मंगलबार सुरक्षा निकायका प्रमुखहरूसँग गम्भीर चासो प्रकट गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्ने गरी काम गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिए ।
पूरा पढ्नुहोस्