यस संस्करनको ePaper पढ्नुहोस्
‘एउटी महिला राष्ट्रपति बन्दैमा स्थिति फेरिन्न’

‘एउटी महिला राष्ट्रपति बन्दैमा स्थिति फेरिन्न’

देवेन्द्र भट्टराई, काठमाडौं
बंगलादेशी लेखक तसलिमा नसरिनको नाम नेपाली पाठक र फयान–फलोवरका लागि नौलो होइन । महिला हकअधिकार र विशेषत: इस्लाम धर्मभित्रको ‘अतिवाद’ का विरूद्ध मुखर हुँदै आएकी नसरिन पेसाले चिकित्सक हुन् । सन् १९९४ पछि जन्मभूमि बंगलादेशबाट लखेटिएकी ५५ वर्षीया नसरिनले युरोपेली मुलुक स्विडेन, जर्मनी, फ्रान्स हुँदै अमेरिकामा पनि ‘आप्रवासी’ बनेर केही वर्ष बिताइन् । पछिल्ला वर्षमा भारतको दिल्लीमा बस्दै आएकी उनले ‘आफू पढेर होइन, परेर नारीवादी लेखक’ बनेको बताउँदै आएकी छन् ।
पूरा पढ्नुहोस्

समाचार

क्षेत्रीय