प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

मुस्ताङमा एमालेको वर्चस्व, प्रदेशमा थकाली विजयी

- विनोद त्रिपाठी, मुस्ताङ

मंसिर २२, २०७४-सदरमुकाम जोमसोम रहेको प्रदेश (ख) मा एमालेका महेन्द्र थकाली विजयी भएपछि मुस्ताङमा एमालेले वर्चस्व जमाएको छ । थकालीले २५ सय ८४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी छिरिङ दावा गुरुङले २२५९ मत ल्याए । ४ हजार ९ सय ३७ मत खसेको मध्ये यो प्रदेशमा राप्रपालाइ ३२ र राप्रपा प्रजातान्त्रिकलाइ १२ मत आएको छ ।

६० वर्षीय थकालीले ३ महिना अघि मात्र एमाले प्रवेश गरेर टिकट पाएका हुन् ।

प्रकाशित: मंसिर २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार