प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

रुकुम पूर्वमा माओवादी केन्द्रले खाता खोल्यो, प्रतिनिधि सभाका लागि रोका विजयी

- हरि गौतम, काठमाडौं

मंसिर २२, २०७४-रुकुम पूर्वको प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । कुल सदर मतमध्य १४ हजार ४ सय ३४ मत ल्याई रोका विजयी बनेकी हुन् ।

निकटतम प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाएका छन् भने तेश्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १ हजार ४ सय ८९ मत ल्याएका छन् । उक्त पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

२७ हजार ९ सय २८ मतदाता रहेको जिल्लामा १८ हजार १ सय ३२ मत खसेको थियो । रुकुम पूर्वमा मंसिर १० गते निर्वाचन भएको थियो ।

प्रकाशित: मंसिर २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार