प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

प्रतिनिधि सभा सदस्यमा एमालेले खाता खोल्यो, मुस्ताङबाट तुलाचन विजयी

- विनोद त्रिपाठी, मुस्ताङ

मंसिर २२, २०७४-मुस्ताङबाट प्रतिनिधिसभाका लागि एमालेका उम्मदेवार प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । उनले ३ हजार ५ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाए । 

खसेको मतमा ४८ मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विजयी तुलाचनलाई प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले मतगणनास्थलमै प्रमाणपत्र प्रदान गरेका छन् । 

मतगणनाको पछिल्लो अपडेटको लागि ईकान्तिपुरको निर्वाचन विशेष पोर्टलमा जानुहोस् ।

 

 

प्रकाशित: मंसिर २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार