प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

मुस्ताङबाट प्रदेशसभा (क) मा एमाले उम्मेदवार विजयी

- विनोद त्रिपाठी, मुस्ताङ

मंसिर २२, २०७४-मुस्ताङका एमाले उम्मेदवार इन्द्रधारा विष्ट मुस्ताङ प्रदेशसभा (क) बाट सदस्यमा विजयी भएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा विजयी प्रमाणपत्र प्राप्त गर्ने उनी पहिलो उम्मेदवार हुन् । 

प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले उनलाई विजयी भएको प्रमाणपत्र दिए । 

विष्टले ११६७ र उनका प्रतिद्वन्द्वी कांग्रेसका युवा उम्मेदवार मिक्युर गुरुङले ६५७ मत ल्याएका छन् । यहाँको १ हजार ८ ३६ मत मध्ये १२ मत बदर भएको अधिकृतको कार्यालयले जनाएको छ । 

विष्ट लोमान्थाङका सामाजिक अभियन्ता हुन् । पेशाले उनी व्यापारी हुन् । 

विष्ट  स्थानीय तहको निर्वाचनमा लोमान्थाङ गाउँपालिका प्रमुखमा उठेर पराजित भएका थिए । 

उनी कांग्रेसका सुवर्णकुमार विष्टसँग पराजित भएका थिए । त्यतिबेला उनी स्वतन्त्रबाट चुनाव लडेका थिए । उनी साउनमा एमाले प्रवेश गरेका हुन् । 

प्रकाशित: मंसिर २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार