प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २१, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि देखिएको छ । 

गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अगाडि देखिएको छ । दुवै सभामा अन्य दलले १/एक क्षेत्रमा अग्रता लिएका छन् । 

पहिलो चरणमा मंसिर १० गते भएको ३२ जिल्लाका प्रतिनिधि र प्रदेशसभाअन्तर्गतका धेरै निर्वाचन क्षेत्रहरुको मतगणना भइरहेको छ । बिहीबार दोस्रो चरणमा भएको निर्वाचनको पनि मतपेटिका स‌ंकलनपछि गणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार