समाचार

माइक्रोबस दुर्घटनामा ५ घाइते, २ गम्भीर

- आश गुरुङ, लमजुङ

मंसिर २१, २०७४-बेंसीसहरमा बिहीबार साँझ माइक्रोबसले नियन्त्रण गुमाएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।

बेंसीसहरको मुख्य सडक पुरानोबैंक चोकमा काठमाडौंबाट यात्रु बोकेर आउँदै गरेको बस ग१ख २४७६ दुर्घटना भएको हो । प्रहरीका अनुसार साँझ ६ बजेतिर दुर्घटना हुँदा चितवन भरतपुर महानगरपालिका-१७ की ममता गुरुङ र बेसीसहर ७ की ३० वर्षीया श्रीकुमारी गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरुको लमजुङमा उपचार हुन नसकी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको छ । बेसीसहर ७ की २० वर्षीया दिक्षा घले, चितवनकी ३१ वर्षीया अञ्जली घले र चितवनकै १९ वर्षीय रोशन घलेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट माइक्रो तीव्र रुपमा गुडेको र नियन्त्रण गुमाएपछि दुर्घटना भएको अनुमान गरिएको प्रहरीले बताएको छ । 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार