प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

मतपेटिका बोकेको गाडी लक्षित बम विस्फोट

- प्रताप विष्ट, हेटौडा

मंसिर २१, २०७४-

मतदान सकेर मतपेटिका जिल्ला सदरमुकाम हेटौंडा ल्याउने क्रममा २ स्थानमा अज्ञात समूहले बम विस्फोट गराएका छन् ।

बम विस्फोटबाट स्कटिङमा गरिरहेको प्रहरीको गाडीमा क्षति पुगेको छ । तर मानवीय क्षति पनि भएको छैन । मतपेटिका पनि सुरक्षित रहेको छ । 

मनहरी गाउँपालिका—२ त्रिरत्न प्राविको मतदान केन्द्रको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा ठाडो खोलामा बम विस्फोट गराएका थिए । विस्फोटबाट प्रहरीको भ्यानमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए ।

यसैगरी मनहरी गाउँपालिका १ स्थित चकरीमकरीको मतदान केन्द्रवाट मतपेटिका ल्याउने क्रममा गोठ खोलामा प्रेसर कुकर बम विस्फोट गराइएको थियो ।

विस्फोटबाट मतपेटिकाको स्कटिङ गरिरहेको प्रहरीको भ्यानलाई सामान्य क्षति पुर्‍याएको थियो । मतपेटिका र मतदानमा खटिएका कर्मचारी र प्रहरी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार