प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

स्याङ्जाको एक मतदान केन्द्रमा वाम गठबन्धनद्वारा चुनाव वहिष्कार

- प्रतिक्षा काफ्ले, स्याङ्जा

मंसिर २१, २०७४-यहाँको चापाकोट नगरपालिका–४ स्थित राममन्दिर माविको मतदान केन्द्रमा प्रतिनिधिसभा क्षेत्र नम्बर दुई वाम गठबन्धनकी उम्मेदवार पदमा अर्यालमाथि लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताद्वारा हातपात भएपछि बाम गठबन्धनले नै चुनाव बहिष्कार गरेको छ ।

लोकतान्त्रिक गठबन्धनले एकलौटी फर्जी मत हालेको विषयमा उम्मेदवार अर्यालले फोटो खिचेपश्चात् कांग्रेसका कार्यकर्ताहरुले दुई घण्टासम्म घेराबन्दी गरी हातपात गरेका थिए । घेराबन्दीपश्चात् तत्काल बसेको सर्वपक्षीय बैठकमा पनि विवाद नमिलेपछि वाम गठबन्धनले चुनाव बहिष्कार गरेर मतदान केन्द्रबाट निस्किएको राजेन्द्र डुम्रेले जानकारी दिए ।

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार