प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

अछाममा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप

- कान्तिपुर संवाददाता , अछाम

मंसिर २१, २०७४-अछामको चौरपाटी गाउँपालिका-५, लुंग्राको दया पिपलतोला मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्थिती तनावग्रस्त बनेको छ ।  

नेपाली कांग्रेसले फर्जि मत खसालेको आरोप वाम गठबन्धनका कार्यकर्ताले लगाएपछि ढुंगा हानाहान भएको स्थानीय निराजन खड्काले जानकारी दिए । स्थितलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अस्रुग्यास प्रहार गरेको छ । अवस्था उग्र हुने भएपछि अहिले नेपाली सेनाको हेकिप्टरले त्यहाँ गए पनि बस्न नसकेर हवाई गस्ती गरिरहेको छ । 

झडपमा कति घाइते भए भन्ने एकिन हुन नसकेको स्थानीयले बताएका छन् । अहिले धेरैजसो मतदाता स्थानीयको घरमा लुकेर बसेको बताइएको छ । उक्त मतदान केन्द्र अछाम क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो ।

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार