समाचार

मतदान गरेर काठमाडौं फर्किए प्रधानमन्त्री

- - मोहन बुढाऐर, डडेल्धुरा

मंसिर २१, २०७४-प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ रुवाखोला स्थित असिग्राम माध्यमिक विद्यालय स्थित मतदान स्थलको मतदान केन्द्रमा मतदान  गरेका  छन् ।  बिहान साढे १० बजे मतदान गरेर उनी हेलिकप्टरमा काठमाडौं फर्किए । 

कांग्रेसले स्पष्ट बहुमत ल्याउने बताएका छन् ।  उनले देशभर शान्तिपूर्ण ढंगले  चुनाव भइरहेको जानकारी समेत दिए ।  उनले अस्थायी प्रदेश राजधानी र  प्रमुख नियुक्ति राजधानी फर्केलगत्तै  तोकिने समेत बताए ।  प्रधानमन्त्री देउवा १९ गते साँझ देखि  डडेल्धुरामा  बसेका थिए । 

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी बाम गठवन्धनका प्रतिनिधि सभा उम्मेदवार खगराज भट्टले  बिहान ९ बजे अजयमेरु गाउँपालिका ४ को उपस्वास्थ्य चौकी मतदान केन्द्र चिपुरबाट मतदान गरे ।

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार