साहित्य/विविध

प्रवीणको कुकुरप्रेम

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २१, २०७४-गायक प्रवीण बज्राचार्य ‘कुकुर अनि म’ एल्बमसहित आएका छन् । के नाइन डग ट्रेनिङ एन्ड केयरले प्रस्तुत गरेको एल्बममा सात गीत छन् । सबै गीत प्रवीणले नै गाएका हुन् । 

डा. सुनील सापकोटाको ‘हे मानव..’ र ‘बोल्न सक्दिनँ..’, रवि मल्लको ‘सान्नानीको..’, प्रकाश/सुजाता तामाङले लेखेको ‘बिहानी..’ गीत कल्याण सिंह र दीपंकर क्षेत्रीले संगीतबद्ध गरेका हुन् । प्रवीणले अन्य गीतकारले लेखेका मात्रै नभई आफंैले लेखेको ‘जिन्दगीको...’ र ‘पानी पर्‍यो..’ गीत पनि गाएका छन् । ‘जिन्दगीको...’ गीत कल्याणले संगीतबद्ध गरेका हुन् भने ‘पानी पर्‍यो..’ गीतमा प्रवीणकै संगीत सुन्न सकिन्छ । 

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार