प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

यसरी गरिन् साहित्यकार झमक घिमिरेले मतदान

- रमेशचन्द्र अधिकारी, धनकुटा

मंसिर २१, २०७४-साहित्यकार झमक घिमिरेले धनकुटा ६ स्थित कवर्डहल मतदान केन्द्रबाट बिहान ८ बजे मतदान गरिन् । घिमिरे आमा आशाकुमारीका साथ मतदान केन्द्रमा पुगेकी थिइन् । 

उनलाई निवास कचिडेबाट गाडीमा र मतदान केन्द्रमा बहिनीले बोकेर लगेकी थिइन् । घिमिरेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउँदा आफुलाई निकै उत्साह लागेको प्रतिक्रिया दिइन् । शारिरीक अवस्थाका कारण आफैं मतदान गर्न नसक्ने घिमिरेलाई आमा आशाकुमारी र झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईको सहयोगले मतदान गरेकी थिइन् । 

साहित्यकार झमक घिमिरे धनकुटा ६ को कवर्डहल मतदान केन्द्रमा मतदान गर्नेक्रममा । तस्बिर: रमेशचन्द्र अधिकारी/कान्तिपुर । 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार