देश

पत्रिकालाई स्पष्टीकरण

- कान्तिपुर संवाददाता , नेपालगन्ज

मंसिर २१, २०७४-मुख्य निर्वाचन अधिकृतको कार्यालयले मौन अवधिमा आचारसंहिताविपरीत समाचार प्रकाशित गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

नेपालगन्जबाट प्रकाशित हुने सदभाव दैनिकका ‘कभर स्टोरीका सामग्री’ आचारसंहितविपरीत भएको भन्दै मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले स्पष्टीकरण सोधेका हुन् । ‘स्पष्टीकरणपत्रमा आचारसंहिता उल्लंघन गरेकामा किन कारबाही हुननपर्ने हो ? कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आउनु,’ बुधबार लिखितपत्रमा छ । सञ्चारमाध्यमले आचारसंहिताविपरीत सामग्री प्रकाशित गरेको लिखित उजुरी परेपछि मुख्य निर्वाचन अधिकृत सुवेदीले कारबाही प्रक्रिया अघि बढाएको जनाए ।

प्रक्रिया अघि बढाइएको बारे जानकारी निर्वाचन आयोग, क्षेत्रीय निर्वाचन र जिल्ला प्रशासनलाई दिइएको छ । सदभाव दैनिकका प्रकाशक सम्पादक दामोदर भण्डारीले मौन अवधिमा भूलवस आचारसंहिताविपरीत समाचार छापिएपछि क्षमायाचना गरेको प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार