प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

मतगणनाको अपडेट थाहा पाउन ईकान्तिपुरको इलेक्सन पोर्टल

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २१, २०७४-कान्तिपुर पब्लिकेशन्सको अनलाइन प्रकाशन संस्करण ईकान्तिपुरले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणनाको 'लाइभ अपडेट'का लागि www.election.ekantipur.com साइट ल्याएको छ ।

यसमा मतगणनाको सुरुवातसँगै सबै क्षेत्रको प्रमुख दल र उम्मेदवारहरुले प्राप्त गरेको मतसंख्या प्रशारण गर्दै जाने व्यवस्था मिलाइएको छ ।

उक्त साइटमा कान्तिपुर दैनिकको www.kantipur.ekantipur.com र द काठमाडौं पोष्टको  www.kathmandupost.ekantipur.com बाट पनि जान सकिन्छ । 

साइटमा गइसकेपछि सर्च गरेर आफुले चाहेको जिल्ला र क्षेत्रको मत परिणाम हेर्न सकिन्छ । त्यसैगरी त्यहाँ दिएको नक्समा गएर आफुले चाहेको जिल्लामा गएर क्लिक गरेपछि पनि आफूले हेर्न चाहेको उम्मेदवारको मतसंख्या, हार–जित वा गणनाको अवस्था थाहा पाउन सकिन्छ । 

त्यसैगरी कुन दलले कति क्षेत्रमा जित्यो, कहाँ अग्रता लियो र कहाँ हार व्योहोर्‍यो भन्ने हेर्नका लागि पनि उक्त दलले जितेको वा अग्रता लिएको कुल संख्या देखाउने ठाउँमा गएर दलको नाममा क्लिक गर्नु पर्दछ । 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार