देश

सुतेकै ठाउँमा मृत्यु

- कान्तिपुर संवाददाता , लमजुङ

मंसिर २१, २०७४-मलेसियामा कार्यरत बेंसीसहर–११ रामचोकका २५ वर्षीय रविन श्रेष्ठ मृत फेला परेका छन् ।

भिनाजु राजेश श्रेष्ठका अनुसार आइतबार काम गरेर फर्केपछि खाना खाएर सुतेका रविन सोमबार बिहान मृत अवस्थामा भेटिएको सँगै रहेका साथी राज पटेलले बताएका हुन् ।

पारिवारिक स्रोतका श्रेष्ठ खाद्य कम्पनी म्याक फुड कम्पनीमा कार्यरत थिए । तीन वर्षदेखि मलेसियामा रहेका उनी पुसदेखि घर फर्कने तयारीमा थिए ।

उनको परिवारमा आमा, श्रीमती र तीन वर्षीय छोरा छन् । शव बुझ्नका लागि श्रेष्ठ परिवार लमजुङबाट राजधानी पुगेको छ ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार