देश

दृष्टिविहीन विद्यार्थीलाई ज्याकेट

- कान्तिपुर संवाददाता , पाँचथर

मंसिर २१, २०७४-जाडोको बेला फिदिम नगरपालिका–४ गढीस्थित गढी माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई ज्याकेट वितरण गरिएको छ ।

समाजसेवी शालिकराम दाहालले उनीहरूलाई न्यानो ज्याकेट र ब्रेल पेपर प्रदान गरेका हुन् । सिन्धुलीमा जन्मिएर विराटनगरमा हुर्किई अस्ट्रेलिया बसोबास गर्दै आएका दाहालले कान्तिपुरमार्फत १६ दृष्टिविहीन बालबालिकालाई ज्याकेट दिएका छन् ।

विद्यालयद्वारा बुधबार आयोजित ज्याकेट तथा ब्रेल पेपर हस्तान्तरण कार्यक्रममा फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले दृष्टिविहीनलाई ज्याकेट र शिक्षिका हुमादेवी गुरागाईंलाई दस रिम ब्रेलपेपर हस्तान्तरण गरेका हुन् ।

ब्रेलपेपर दृष्टिविहीन विद्यार्थीले ब्रेल लिपि लेख्नका लागि प्रयोग गरिन्छ ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार