खेलकुद

लिभरपुल र शाख्तार दोस्रो चरणमा, नेपोली बाहिरियो

- एएफपी, पेरिस

मंसिर २१, २०७४-युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै लिभरपुल र शाख्तारले दोस्रो चरणमा स्थान पक्का गरेका छन् । समूह 'इ' को खेलमा लिभरपुलले स्पार्टाक मस्कोलाई ७-० ले पराजित गर्‍यो ।

उसको जितमा फिलिपे कोउटिन्होले ह्याट्रिक गर्दा साडियो मानेले दुई तथा रोबर्टो फिर्मिनो र मोहमद सलाहले १-१ गोल गरे । उक्त समुहको मारिबोर र सेभियाबिचको १-१ को बराबरीमा टुंगियो । सेभिया दोस्रो चरणमा पुग्दा स्पार्टाक युरोप लिगमा झर्‍यो ।

समूह 'एफ' मा म्यानचेस्टर सिटीलाई पहिलो हार चखाउने क्रममा शाख्तार डोनेस्कले २-१ को जित हात पार्‍यो।  उसको जितमा बर्नार्ड र इस्माइलले गोल गरे । सिटीका सर्जियो अगुएरोले अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए ।

समूह 'जी' मा एफसी पोर्टोले मोनाकोलाई ५-२ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो। बेसिक्टासले आरबी लाइप्जिगलाई २-१ ले हरायो । समूह 'एच' मा रियलले बोरुसिया डर्टमुण्डलाई ३-२ ले पराजित गर्दा टोटेनहमले एपोएललाई ३-० ले पाखा लगायो ।

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार