खेलकुद

थाई एयरवेज गल्फ हुने

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २१, २०७४-थाई एयरवेजले नेपालमा सेवा विस्तारको ५० औं वर्षगाँठ अवसर पारेर गल्फ प्रतियोगिता गर्ने भएको छ । विगतमा बर्सेनि हुँदै आएको यस प्रतियोगिता फेरि सुचारु गर्ने आयोजकले जनायो ।

शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगितामा क्लबका सदस्य र आमन्त्रित खेलाडी गरी ७० प्रतियोगी हुनेछन् ।

३/४ स्टेबल फोर्ड फम्र्याटमा खेलिने प्रतियोगितामा दुई विधाका विजेताले काठमाडौं–बैंककको दुईतर्फी टिकट प्राप्त गर्नेछन् । प्रतियोगिताको ९ अन्डर ह्यान्डिक्याप र १० माथि ह्यान्डिक्यापका विजेताले उपाधिसहित हवाई टिकट पाउनेछन् ।

महिला विजेता, पुरुष/महिला सिनियर र सुपर सिनियर, बेस्ट ग्रस, जुनियर यू–१७ विजेता, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन र मस्ट बर्डिज विजेतालाई पुरस्कृत गरिनेछ । होल नम्बर १२ मा होल इन वन स्कोर गर्नेले पनि हवाई टिकट प्राप्त गर्नेछ ।

 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार