समाचार

शिवपुजनको उम्मेदवारी खारेजी यथावत्

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २१, २०७४-सर्लाही ४ मा माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय यथावत् रहने भएको छ। निर्वाचन आयोगको निर्णय खारेज गर्न माग राखी दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनको उम्मेदवारी खारेज भएको हो।

न्यायाधीशहरू दीपकराज जोशी र डम्बरबहादुर जोशीको संयुक्त इजलासले बुधबार यादवको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको हो।

आयोगको निर्णयविरुद्ध यादवले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए। उनीमाथि कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा सजायको फैसला भएकाले उम्मेदवारी खारेज हुनुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको थियो। फौजदारी कसुरमा प्रमाणित भएको व्यक्ति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउँदैनन्।

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार