देश

ठेचोमा जात्रा

- कान्तिपुर संवाददाता , ललितपुर

मंसिर २१, २०७४-ठेचोमा नवदुर्गा भवानी देवी नाच, ब्रम्हायणी, बालकुमारी, भैरव र गणेशको खट जात्रा मनाइएको छ । जात्राको अन्तिम दिन बुधबार बिहान माथिल्लो लाछीस्थित बालकुमारी देवीलाई बाजागाजासहित मन्दिर नजिकैको सत्तलमा भित्र्याइएको थियो । गणेश देवतालाई पालो थाप्नेको घरमा र भैरवलाई धुमधामसँग सिन्दुर जात्रा गरी पुखुसी टोल पुर्‍याइयो । यसलाई नेपाल भाषामा सिन्ह: या: जात्रा भनिन्छ । 

तल्लो लाछीस्थित बालकुमारी देवीको खटको छाना भने मन्दिरको ढोकाबाट नभई मूल झ्यालबाट भित्र्याउने चलन छ । भूकम्पले ध्वस्त मन्दिर पुनर्निर्माण भइनसकेकाले बालकुमारी देवीको मूर्तिलाई मन्दिर नजिकैको सत्तलमा राखियो । जात्राका अवसरमा नवदुर्गा भवानी देवी नाच प्रदर्शन गर्ने चलन छ । 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार