खेलकुद

अस्ट्रेलियाद्वारा इङल्यान्ड पराजित

- एएफपी, एडिलेड

मंसिर २०, २०७४-अन्तिम दिनको पहिलो सत्रमा अस्ट्रेलियाका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि इंगल्याण्ड दोस्रो टेस्टमा पनि पराजित भएको छ । ६७ रनमा खेलिरहेका कप्तान जो रुटसहित ६ विकेट गुमाएसँगै इंगल्याण्ड १ सय २० रनले पराजित भयो । अन्तिम दिनमा अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए ।

दिनको दोस्रो बलमै नाइटवाचम्यान क्रिस वोक्सलाई गुमाएको इंगल्याण्डका कप्तान जो रुटलाई तेस्रो ओभरमा पेभेलियन फर्किए । जोनी बेरस्टोले ३६ रन जोडेपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । २ सय ३३ रनको योगफलमा सबै विकेट गुमाएको इंगल्याण्डहार सँगै सिरिजमा २-० ले पछाडि पर्‍यो ।

प्रकाशित: मंसिर २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार