खेलकुद

नेपाल ७ विकेटले पराजित

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर २०, २०७४-नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको छ ।

टस हारेर ब्याटिङमा आएको नेपालले युएईको राजधानी अवुधावीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो ।

नेपालबाट शरद भेषावकरले सर्वाधिक ८१ रन बनाए । च्याम्पियनसिपमा यो उनको उच्च स्कोर हो । त्यस्तै ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्का र सोमपाल कामीले समान २०, दीलिप नाथ १६, विनोद भण्डारी ४ र आरिफ शेख शुन्यमा आउट भए । वसन्त रेग्मी १४ रनमा नटआउट रहे ।

घुलाम सब्बरले नटआउट ८१ रन बनाएपछि युएईले ४५.५ ओभरमा लक्ष्य पुरा गर्यो । कप्तान रोहन मुस्ताफाले ६२ रन बनाए । नेपालबाट शरद र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

दोस्रो खेल शुक्रबार हुनेछ । विजयपछि पुछारमा रहेको युएई जितपछि ८ अंकसहित सातौं स्थानमा उक्लेको छ । नेपाल नौं अंकसहित छैटौं स्थानमा छ ।

 

यो पनि पढ्नुहोस् : पाँचौं हुने मौका

 

प्रकाशित: मंसिर २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार