मनोरञ्जन

अजित र शहनाज भए ‘मिस्टर एन्ड मिस कल्चर एन्ड टुरिज्म’

  • ब्युटी कन्टेस्ट
- कान्तिपुर संवाददाता , दमौली

मंसिर १९, २०७४-पहिलोपटक यहाँ आयोजित मिस्टर एन्ड मिस कल्चर एन्ड टुरिज्म प्रतिस्पर्धामा अजित घर्तीमगर र सहनाज शेख विजेता भएका छन् । 

संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि भन्दै आयोजित प्रतिस्पर्धामा उल्लेख्य संख्यामा तन्नेरीहरू सहभागी भए । मिस कल्चरको उपाधि विजेता शेखले पर्यटन क्षेत्रमा लाग्ने चाहना रहेको बताइन् । ११ कक्षाकी विद्यार्थीले पुरस्कारबापत ३० हजार रुपैयाँ प्राप्त गरिन् । उनलाई ‘मिस पोखरा’ ममता जोशीले ताज लगाइदिएकी थिइन् । 

मिसतर्फ नै कञ्चन दुरा फस्र्ट रनरअप र शिल्पा थापामगर सेकेन्ड रनरअप भए । उनीहरूले क्रमश: १५ हजार र १० हजार रुपैयाँ पाए । 

मिस्टरतर्फका विजेता घर्तीमगरले जिल्लामा जातजातिको संस्कृति संरक्षणका लागि काम गर्ने रहर भएको बताए । यसमा मनोज आलेमगर फस्र्ट रनरअप र मनोज थापा सेकेन्ड रनरअप भए ।

 

प्रकाशित: मंसिर १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार