भिडियो

दुईसय बर्ष पुरानो टक्सार बजार

- विद्या राई, भोजपुर

मंसिर १७, २०७४-भोजपुरको ऐतिहासिक, औद्योगिक, साँस्कृतिक तथा प्राकृतिक सम्पन्नता बोकेको टक्सार बजार दुईसय बर्ष  पुरानो हो । शाह बंशीय राजा गिवार्णयुद्ध विक्रम शाहको पालामा वि.सं. १८७२ मा स्थानीय भिमसेन परिसरमा टक्सार खानी अड्डाको स्थापनापछि यहाँ तामाको एक पैसे र दुई पैसे डोली पैसा छापिने गर्दथ्यो । 

तामाको टक काटिने भएकैले यस्लाई टक्सार भनिंदै आएको हो । यसपछि धातु उद्योगले प्रसिद्धि पायो । गिवार्णयुद्धको पालामा टक्सार बजार पुर्वाञ्चलकै मुख्य औद्योगिक तथा व्यापारिक केन्द्र मानिन्थ्यो । यहाँ पाटनबाट आएका नेवार समुदायको बाहुल्यता थियो । उबेलादेखिको गुल्जार टक्सार दश बर्षे द्वन्द्वयता सुनसान छ । कलाकृतिले भरिएका ऐतिहासिक, धार्मिक धरोहर गुमनाम हुने अवस्थामा छन् । यसबारे टक्सारबासी तथा स्थानीय यशोधरा माविका शिक्षक अमृका ताम्राकारले आफ्नो विचार राखेका छन् । 

प्रकाशित: मंसिर १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार