प्रवास

दलाई लामाको विवादास्पद अभिव्यक्तिको बेलायतबाट विरोध

- कान्तिपुर संवाददाता , लन्डन

मंसिर ८, २०७४-आध्यात्मिक नेता दलाई लामाले भारतमा हालै दिएको एउटा विवादास्पद अभिव्यक्तिको बेलायतवासी नेपालीले पनि विरोध गरेका छन् ।

बुद्ध फाउन्डेशन युकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दलाई लामाले ‘गौतम बुद्ध भारतीय हुन्’भनेर दिएको अभिव्यक्तिप्रति कडा भर्त्सना गर्दै लामालाई आममाफी माग्न माग गरेको छ । 

गत अक्टोबर १६, २०१७ का दिन भारतको उत्तर प्रदेशमा आयोजित एक शैक्षिक कार्यक्रमलाई सम्बोधन गर्दै लामाले नेपालीलाई ‘मुर्ख’भन्दै बुद्ध भारतीय भएको अभिव्यक्ति दिएका थिए । उनले बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र यसलाई विश्वभरका नेपालीले विरोध गरिरहेका छन् । 

लुम्बिनी गौतम बुद्धको जन्मस्थल भएकोबारे संयुक्त राष्ट्रसंघीय निकाय ‘युनेस्को’ले मान्यता दिइसकेको अवस्थामा लामाको अभिव्यक्तिले करोडौं नेपालीको भावनामा आघात पुग्नुका साथै बुद्धको जन्मस्थलबारे भ्रम फैलाउन मद्दत पुगेको बुद्ध फाउन्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठ र महासचिव गणेश खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: मंसिर ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार