देश

करेन्ट लागेर चालक सहचालकको मृत्यु

- कान्तिपुर संवाददाता , दाङ

मंसिर ८, २०७४-टिपर सफा गर्ने क्रममा करेन्ट लागेर दाङमा चालक र सहचालकको मृत्यु भएको छ । 

बिहीबार बेलुका गढवा गाउँपालिका–१ रङसिङ खोलामा ना १ क ५९२८ नम्बरको टिपर सफा गर्दा करेण्ट लागेर मकवानपुरको गढी गाउँपालिका–६ का २८ वर्षीय चालक चन्द्रकुमार वाइवा र २० वर्षीय सहचालक कुमार सिंहको मृत्यु भएको छ ।

टिपर सफा गर्ने क्रममा पछाडिको ट्राली उठाउँदा विद्युतको तार छोएपछि करेन्ट लागेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

प्रकाशित: मंसिर ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार