समाचार

महिलामाथि यौन शोषण गरेको आरोपमा 'धर्मगुरु' पक्राउ

- जनकराज सापकोटा, काठमाडौं

मंसिर ७, २०७४-धार्मिक आवरणमा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा 'धर्मगुरु' टुल्कु लामा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेको हो । 

आफूलाई अवतारी लामा भएको घोषणा गर्ने  टुल्कुको धार्मिक नाम रिम्पोछे छुल्ठिम दोर्जे योञ्जन हो । सिन्धुली कुशेश्वर दुम्जा-९ का ५६ वर्षीय लामालाई मंगलबार पक्राउ गरेपनि प्रहरीले आज (बिहीबार) सार्वजनिक गरेको हो । उनले जुनसुकै रोग पनि निको पार्न सक्ने आफूसँग दैवी शक्ति रहेको भ्रममा पारी लामो समयदेखि उपचारमा आउने महिलामाथि यौनशोषण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका लामामाथि जिल्ला अदालत काठमाडौंबाट जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐेनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यी हुन् धर्मगुरु लामाबारे अनुसन्धानबाट खुलेका कुरा 

-  करिब १० वर्षदेखि काठमाडौं जिल्ला दक्षिणकाली नपा १ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरिबसेको

- उक्त गुम्बामा महिलाहरुको संख्या धेरै रहेको

- उपचार गराउन आएका महिलाहरुलाई उपचारको क्रममा एकल कोठामा निर्वस्त्र गराई जबर्जस्ती शारीरिक सम्बन्ध राखेको, 

- पीडित महिलाहरुलाई योन शोषणको कुरा कसैलाई भनेको खण्डमा ठूलो क्षति हुन्छ, पुन: रोग बल्झिन्छ, रोगको उपचारको निम्ति निज गुरुसँगै यौन सम्पर्क राख्नुपर्छ, 

- गुरु तेत्तीस कोटी देउताको अवतार भएको, गुरु रिसाएमा अनिष्ठ हुने भनी डर त्रास देखाई भ्रममा पारेको, 

- पीडित महिलाहरुलाई परपुरुषसँग विवाह गरेमा तिम्रो मृत्युसमेत हुन्छ भनी त्रास देखाई पीडितहरुलाज्ञ बारम्बार यौन सम्पर्क गरेको,  

प्रकाशित: मंसिर ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार