अर्थ / वाणिज्य

टाटाको हेक्जा बिक्री सुरु

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर ७, २०७४-टाटा मोटर्सले टाटा हेक्जा गाडी नेपाली बजारमा भित्र्याएको छ । विज्ञप्तिअनुसार यो गाडी २२०० सीसी भेरिकर डिजेल इन्जिन, १५६ पीएस/४०० एनएममा उपलब्ध छ ।

यस गाडीमा सुपर ड्राइभ मोडले चालकलाई अटो, कम्फर्ट, डाइनामिक र रफ रोडमध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र मुडअनुसार गाडी चलाउन सक्ने विशेषता रहेको जनाइएको छ । 

 यो गाडीमा प्रोजेक्टर हेड ल्याम्प, १९ इन्चको अलोए ह्वील, लिड टेल ल्याम्प, ६ एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र जेबीएल अडियो सिस्टम जडान गरिएको विज्ञप्तिमा छ ।

 

प्रकाशित: मंसिर ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार