समाचार

दाङमा दुर्घटना, दुईको मृत्यु

दाङ

मंसिर ६, २०७४-

दाङमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ झिङ्नीमा रोकिएको रा २ प १२८२ नम्बरको ट्र्क्टरमा ना ३ ज ११८६ नम्बरको बलेरो जीप मंगलबार राति ठोक्किदा ट्रेक्टर चालक घोराही–३ का ३२ बर्षीय कलबिर चौधरी र जीपमा सवार घोराही–१३ का १२ बर्षीय अर्पण चौधरीको मृत्यु भएको हो । 

 

उनीहरु दुघटनामा घाइते भएका थिए । उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा ट््रक्टरका सहचालक ३५ वर्षीय बाधुराम चौधरी, जीपका चालक रोल्पा रुन्टीगढीका २३ वर्षीय डिल बहादुर ओली, जीपमा सवार घोराही–१३ की १९ वर्षीया अभिरुची केसी र १३ वर्षीया बगली चौधरी घाइते भएका छन् ।

प्रकाशित: मंसिर ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार