समाचार

उपेन्द्रलाई उमेशको प्रश्न–‘रामराजालाई कसले राष्ट्रपति हुन दिएन ?’

- अवधेशकुमार झा, राजविराज

मंसिर ६, २०७४-निर्वाचनको तिथी नजिकिँदै गर्दा सप्तरीमा चुनावी लहर झन् तातदै गएको छ ।

उम्मेदवारहरुले मतदाता आकर्षित गर्न तथा प्रचारप्रचार अभियानलाई अघि बढाउन सक्रिय छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, वाम गठबन्धनका तर्फवाट पूर्वमन्त्री उमेशकुमार यादव र तथा राजपाका पूर्वसहमहामन्त्री जयप्रकाश ठाकुरबीचको चुनावी प्रतिस्पर्धाले सप्तरी २ नम्बर क्षेत्रको प्रचारप्रसार अरु क्षेत्रभन्दा तीव्र र प्रतिस्पर्धात्मक हुँदै गएको छ । तिनै उम्मेदवार जनतासितको भेटघाट, घरदैलो र ग्रामीणसभा गर्न व्यस्त देखिएका छन् ।

 

सप्तरी २ वाट वाम गठबन्धनका उम्मेदवार रहेका पूर्वसिँचाईमन्त्री उमेशकुमार यादवले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्ना प्रतिस्पर्धीको चर्को आलोचना गरे । उनले आफू सिँचाईमन्त्री हुँदा र सांसद हुँदाका बेला गरेको निक्कै काम गरेको दाबी गर्दे फेहरिस्त प्रस्तुत गरे । उनले आफ्ना प्रतिस्पर्धी उम्मेदवार फोरम अध्यक्षलाई लक्षित गर्दे भने,‘अहिले जिल्ला छाडेर सप्तरी चुनाव लड्न आएकालाई सोध्नुस् सप्तरीका भूमिपुत्र रामराजाप्रसाद सिंहलाई कसले र किन राष्ट्रपति हुन दिएन, कसले छलछाम गर्‍यो ?’ उनले फोरम अध्यक्ष यादवसहितका मधेसवादी दलका शीर्ष तहका केही नेता जनतासित चिटिङ गरिरहेको आरोप लगाए । 

फोरम अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय चुनावी सभाहरुमा माओवादीलाई निशाना बनाउँदै आएका छन् । 

प्रकाशित: मंसिर ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार