समाचार

एडिबीको १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं

मंसिर ६, २०७४-मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपालको सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ । 

नेपाल सरकारको अनुरोध बमोजिम सहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब रु १५ अर्ब ५० करोड) रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै, दैनिक प्रशासनका काम कारबाहीसम्बन्धी केही निर्णय पनि बुधबारको बैठकले गरेको उनले बताए । 

- रासस

प्रकाशित: मंसिर ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार