समाचार

‘चुनाव शान्तिपूर्ण गराऊ’

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर ६, २०७४-नेपालस्थित बेलायती दूतावासले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार, सुरक्षा निकाय तथा सम्बद्ध पक्षसँग आग्रह गरेको छ । 

मंगलबार विज्ञप्ति जारी गर्दै दूतावासले निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा हिंसा भडकिएको भन्दै कसैको पनि मताधिकार हनन नगर्न हिंसा भड्काउने पक्षलाई आग्रह गरेको छ । बेलायतले हिंसा भड्कन नदिन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नियमअनुसार परिचालित भई सुरक्षा दिन सुरक्षा निकायलाई समेत आग्रह गरेको छ ।

 

प्रकाशित: मंसिर ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार