प्रवास

युएईमा दोश्रो म्युजिक अवार्ड हुँदै

- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर ५, २०७४-दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड युनाइटेड अरब ईमिरेट्स (युएई) को अबुधाबीमा हुने भएको छ । 

सगिंक्षा फिल्मस् र नमस्ते ट्राभल्स एण्ड टुर्स युएईको संयुक्त आयोजनामा डिसेम्बर १ तारिकका दिन आबुधाबी स्थित फक्लोर थिएटर हलमा हुन गइरहेको छ । अवार्ड कार्यक्रममा नेपालबाट ४५ भन्दा बढी कलाकारहरू युएई आउने आयोजकका तर्फबाट नमस्ते ट्राभल्सका एकेन्द्रबहादुर थापाले वताए ।

नायक विवेक सिंह ठकुरी, बिरेन्द्र हमाल, नायिका निरूता सिंह, बिनिशा हमाल, नम्रता सापकोटा, सिपोरा गुरूङ्, महिमा सिलवाल लगायतका कलाकारहरु अबुधाबी आउनेछन् । 

त्यसैगरी हाँस्य कलाकार जितु नेपाल, शंकर बिसी, लोक तथा दोहोरी गायक खुमन अधिकारी र लोकनाथ सापकोटा आउने भएका छन् ।  

कार्यक्रममा संगीत, म्युजिक भिडियो, म्युजिक भिडियो निर्देशक  लगायत २२ बिधामा अवार्ड प्रदान गरिनेछ । त्यसैगरी ५ बिधामा युएईमा रहेर कलाकारितामा निरन्तरता दिएका नेपाली कलाकारलाई समेत अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । 

दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड युनाइटेड अरब ईमिरेट्स (युएई) को अबुधाबीमा हुने भएको छ । 

सगिंक्षा फिल्मस् र नमस्ते ट्राभल्स एण्ड टुर्स युएईको संयुक्त आयोजनामा डिसेम्बर १ तारिकका दिन आबुधाबी स्थित फक्लोर थिएटर हलमा हुन गइरहेको छ । अवार्ड कार्यक्रममा नेपालबाट ४५ भन्दा बढी कलाकारहरू युएई आउने आयोजकका तर्फबाट नमस्ते ट्राभल्सका एकेन्द्रबहादुर थापाले वताए ।

नायक विवेक सिंह ठकुरी, बिरेन्द्र हमाल, नायिका निरूता सिंह, बिनिशा हमाल, नम्रता सापकोटा, सिपोरा गुरूङ्, महिमा सिलवाल लगायतका कलाकारहरु अबुधाबी आउनेछन् । 

त्यसैगरी हाँस्य कलाकार जितु नेपाल, शंकर बिसी, लोक तथा दोहोरी गायक खुमन अधिकारी र लोकनाथ सापकोटा आउने भएका छन् ।  

कार्यक्रममा संगीत, म्युजिक भिडियो, म्युजिक भिडियो निर्देशक  लगायत २२ बिधामा अवार्ड प्रदान गरिनेछ । त्यसैगरी ५ बिधामा युएईमा रहेर कलाकारितामा निरन्तरता दिएका नेपाली कलाकारलाई समेत अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रकाशित: मंसिर ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार